Inspiration | Happiness | Success | Encouragement
That’s what we are all about.
सफल स्टोरिज विशेष गरि संघर्ष पछि मिलेका सफलताका कथाहरु र सकारात्मक संदेशहरुको संगालो रहेको अनलाइन माध्यम हो ।
समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै मानिसहरुमा जीवनप्रति उत्साह जगाउने र सुन्दर सपनाहरुलाई साकार पार्न सहयोग गर्ने अभियानको रुपमा यसलाई अगाडी बढाईएको छ । हाल यस अनलाइनमा सफल व्यक्तित्वहरुको जीवनकथा, जीवनमा अगाडी बढ्न हौसला दिनको लागि सफल व्यक्तिहरुका भनाइ तथा सुझावहरु, प्रेरक लेख रचनाहरु, संघर्षरत रही सफलता तर्फ उन्मुख व्यक्तिहरुका कुराहरु, सकारात्मक संदेश सहितका समाचारहरु आदि समावेश छन्।
सफल स्टोरिजको उद्देश्य के हो ?
विश्वभर अहिले नैराश्यताको कारण अपराधिक क्रियाकलाप तथा आत्महत्या बढिरहेको छ, जसको असर नेपालमा पनि देख्न सकिन्छ । नेपालमा पढाइ, करियर, सम्बन्ध आदि विषयलाई लिएर किशोर – किशोरीहरु तथा युवाहरु समेत डिप्रेसनमा जाने, आत्महत्या गर्ने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता घटनाहरु बाहिर आइरहेका छन् । विशेष गरि यही तीतो यथार्थले गर्दा नै सफल स्टोरिज जन्मिएको हो ।
सकारात्मक संदेश, संघर्ष र सफलताका कथाहरु, आवश्यक सल्लाह सुझाव आदिको माध्यमबाट यस्ता घटनाहरुलाई निरुत्साहित गर्नु र युवाहरुमा जीवनप्रतिको सकारात्मक धारणा प्रवाह गर्नु हाम्रो मूख्य उद्देश्य हो ।
त्यस्तै, आफ्नो मनमा गुम्सिएको भावना र निराशालाई बाहिर व्यक्त गर्न नपाउँदा र नसक्दा मानिसहरु डिप्रेसनमा गइरहेका छन्। त्यसैले हामीहरु उनीहरुको विश्वासिलो साथी बन्न चाहन्छौं ।
Facebook: www.facebook.com/safalstories
Instagram: www.instagram.com/safalstories