थोमस अल्वा एडिसनले आफ्नो आविष्कारको माध्यमबाट संसारलाई उज्यालो बनाइदिए । बिजुलीको बल्ब बनाउने क्रममा समेत उनि हजारौं पटक असफल मानिएका थिए । स्कुलको शिक्षा केवल तीन महिना मात्र लिएका उनले सबै मानिसको आ-आफ्नो विशेषता हुने, असफलता देखी हार्न नहुने र आफ्नो काममा निरन्तर लागिपर्नुपर्ने जस्ता अनगिन्ति अमूल्य शिक्षा हामीलाई दिएर गएका छन् ।

थोमस अल्वा एडिसनका प्रेरक भनाइहरु :

म असफल भएको छैन । मैले उपयोगी नहुने १० हजार तरिका पत्ता लगाएको छु ।

पाँच प्रतिशत मानिसहरुले मात्र सोंच्छन् । दश प्रतिशत मानिसले सोंच्छन् की उनीहरुले केही सोंचीरहेका छन् , तर उनीहरुले केही सोँचेका भने हुँदैनन्ं। र, ८५ प्रतिशत मानिसहरुले सोंच्नुभन्दा मर्नु ठीक ठान्छन् । तिमी कुनमा पर्छौ ?

हार मान्ने बानीले होइन, फेरी एकपटक प्रयास गर्ने चाहनाले मानिसलाई सफलता दिलाउँछ ।

यदि हामीले आफूभित्रको सबै क्षमता प्रयोग गरेर काम गर्छौं भने हामी आफूलाई देखेर आफै छक्क पर्ने अवस्थामा पुग्छौं ।

उत्कृष्टतामा एक प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।

हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ ।

तिमीले सबै सम्भावनाहरु प्रयोग गर्दा पनि काम बनेन भने यो सम्झ कि, तिमीले सबै सम्भावनाहरु प्रयोग गरेको छैनौ ।

तिमीले योजना बनाए अनुरुप या तिमीले सोंचे अनुरुप काम गरेन भन्दैमा त्यो काम नै नलाग्ने हुँदैन ।

मैले मानिसको समस्या र आवश्यकता बुझें । त्यसैले म सोंच्नको लागि र आविष्कार गर्नको लागि प्रेरित भएँ ।

तिमीले गर्ने हरेक काममा अझ राम्रोसंग गर्न सकिने तरिका लुकेको हुन्छ ।

दिमाग वा टाउकोले मात्र होइन , हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।

किताबबाट मात्र सबै कुरा सिकिदैन । तिम्रो वातावरण, तिमीले भेट्ने मान्छे, पूरा ब्रह्माण्डबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।।

यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।

हार मानेर आफ्ना पाइला रोक्नु अगाडी आफू सफलता नजिक पुगिसकेको कुरा चाल नपाएकै कारण यहाँ धेरै मानिसहरु असफल भएका छन् ।

मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो ।

बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन् , जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ।

तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ ।

मेहनतलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै वस्तु छैन।

आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text