रोजा पार्क्स अमेरिकाकी नागरिक अधिकारकर्मी थिइन् । उनी “स्वतन्त्रताकी आमा” र “पहिलो महिला नागरिकअधिकारकर्मी” को रुपमा चिनिन्छिन् । रोजाको जन्म ४ फेब्रुअरी १९१३ मा अमेरिकामा भएको थियो।

रोजा पार्क्सका जीवनोपयोगी भनाइहरु : 

यसरि बाँच कि, तिम्रो जीवन अरु कसैको लागि प्रेरणा बनोस् ।

यदि तिमीले सही काम गर्दैछौ भने केही कुरासंग पनि डराउँदै नडराऊ ।

मान्छे आफूले के गर्ने भन्ने कुरामा दृढ रह्यो भने डर आफै भागेर जान्छ ।

लक्ष्य बिनाको मानिस हराउँछ र उत्साह बिनाको मानिस मर्छ ।

हामी असफल हुन्छौं, जब हामीले प्रयास गर्दैनौं ।

एकजना व्यक्तिमा मात्र पनि संसार परिवर्तन गरिदिन सक्ने सामर्थ्य हुन्छ।

हामी यहाँ यो संसारलाई अझै सुन्दर र सबै मानिसहरुको लागि स्वतन्त्रताको आभास दिलाउन जन्मिएका हौँ ।

कुनै एक चिजमा दह्रो बनेर उभिनुपर्छ । होइन भने, तिमी जुनसुकै चिजमा पनि लड्न सक्छौ ।

हाम्रा प्रत्येक काम, विचारले अरु व्यक्तिहरुमा प्रभाव पार्छन् ।

मैले आफूले प्रत्येक दिन हरसम्भव प्रयास गर्छु, त्यो भन्दा राम्रो दिनको आशामा बाँच्छु ।

अन्याय सहनुभन्दा प्रतिकार गर्नु उचित हो ।

म मानिसहरुले मलाई स्वतन्त्रताप्रेमी व्यक्तिको रुपमा चिनुन् भन्ने चाहन्छु । जसले गर्दा उनीहरु पनि स्वतन्त्र तरिकाले जिउने चाहना राखुन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text