गुरु अथवा शिक्षक हाम्रो जीवनका मार्गदर्शक हुन् । हरेक व्यक्तिको जीवनमा, चाहे त्यो जुनसुकै क्षेत्रमा लागेको होस्, गुरुको भूमिका अहम रहन्छ । त्यसैले हाम्रो समाजमा गुरुलाई भगवानको स्वरुप समेत मान्ने गरिन्छ ।
गुरु सम्बन्धि प्रसिद्ध भनाइहरु :
असल गुरुले एउटा अपराधिक मानसिकताको व्यक्तिलाई समेत असल नागरिकमा परिवर्तन गरिदिन सक्छ ।
- फिलिप वेली
शिक्षकको काम हरियो जंगललाई मास्न सिकाउनु होइन, मरुभुमीलाई पनि सिंचित गर्न सिकाउनु हो ।
- सी एस लुइस
शिक्षकहरु समाजका सबैभन्दा ठूला सेवक हुन् । उनीहरुले देशका कर्णधारहरुलाई शिक्षित बनाउंदै देशको भविष्य निर्माण गरिरहेका हुन्छन् ।
- सोलोमन अर्टिज
शिक्षक मैनबत्ति जस्तै हो । उसले आफूलाई जलाएर अरुलाई उज्यालो दिइरहेको हुन्छ ।
- मुस्ताफा कमल
एउटा गुरुको प्रभाव अनन्तकालसम्म रहन सक्छ । कहाँ पुगेर त्यो प्रभाव रोकिनेछ भन्ने कसैले पनि बताउन सक्दैन ।
- हेनरी ब्रुक्स आडम्स
विद्यार्थीलाई ऊ भित्रको इच्छाशक्ति र क्षमता हेर्न सिकाउनु नै शिक्षकको कर्तव्य हो ।
- जोसेफ क्याम्पबेल
शिक्षकको प्रभाव कक्षाकोठाभित्र मात्र सिमित हुँदैन, भविष्यसम्म रहन्छ ।
- एफ सोनील जोस
बालबालिकाले शिक्षकले के सिकाउन खोज्यो सम्झिदैनन् , तर शिक्षक कस्तो व्यक्ति हो अर्थात को हो भन्ने सम्झिन्छन् ।
- जिम हेन्सन
एउटा गुरुले चक र चुनौतीको सही मिश्रणद्वारा सयौं जीवन परिवर्तन गरिदिने तागत राख्छ ।
- जोयस मायर
शिक्षकले विद्यार्थीलाई गृहकार्य बाहेक पनि घरमा पुगेर केही सोंच्ने कुरा दिन सक्नुपर्छ ।
- लिली टमलिन
व्यक्तिले जान्यो भने आफूले गर्छ र बुझ्यो भने अरुलाई सिकाउँछ ।
- सुकरात
आफूले सिक्दै गर्दा तिमीले अरुलाई पनि सिकाइरहेका हुन्छौ र अरुलाई सिकाइरहंदा तिमी आफूले पनि सिकिरहेका हुन्छौ ।
- फिल कलिंस
एउटा पुस्तक, एउटा कलम, एउटा विद्यार्थी र एउटा शिक्षक मिलेर संसार बदल्न सक्छन् ।
- मलाला