ऊ पर्खिरहेछ हरेक साँझ
अनि कुरिरहेछ हरेक रात
चम्किनलाई तारा सरि।
गनिरहेछ थोपा-थोपा पसिना
सागर बनाइ पौडिनलाई।
बनाइरहेछ अञ्जुली
थाप्नलाई मोती पनि।
सहनु त पर्छ दुखाइ
बाटो भरी काँडा भएपछि
टिप्नलाई सुगन्धित फूल।
उ सहिरहेछ प्रत्येक पीडा,
हिडिरहेछ
उकाली अनि कहिले ओराली
भेट्नलाई गन्तव्य ।
एक मुठ्ठी खुशी
एउटा पुर्णिामाको रात
अनि एक मौन पहाड भेट्नलाई
ऊ गनिरहेछ पाइला-पाइला
प्रत्येक दिन, प्रत्येक रात।
तयार हुनेछन् ती हात
थाप्नलाई मेहेनेत पछि
झर्छ नि मोती अञ्जुली भरी
संघर्ष गरेपछि visit
- दुर्गा खनाल ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :