विन्स्टन चर्चिल बेलायका राजनीतिज्ञ, आर्मी अफिसर तथा लेखक हुन् । उनी १९४० देखि १९४५ र १९५१ देखि १९५५ सम्म बेलायतको प्रधानमन्त्री भएका थिए। उनको जन्म सन् १८७४ नोभेम्बर ३० मा भएको थियो।

विन्स्टन चर्चिलका जीवनोपयोगी भनाइहरु :

हामीले जे पाएका छौं, त्यसबाट हामी बाँच्न सक्छौं । हामीले जे दिन्छौं, त्यसबाट हामीले जीवन बनाउन सक्छौं ।

आफ्नो भविष्यको राजा तिनै व्यक्ति बन्छन् , जो अहिले आफ्नो दिमागको राजा छन् ।

आफ्ना आशाहरुलाई जीवित राख । तर वास्तविकतालाई नजरअन्दाज नगर ।

अरुको आलोचना गर्नु भन्दा आफूले गरेर देखाउनु उत्तम हो ।

दुर्भाग्य पनि भाग्यमा बदलिन सक्छ । यो कुरालाई तिमी नकार्न सक्दैनौ ।

यदि त्यसबाट सफलता मिल्छ भन्ने थाहा छ भने तिमी सिंहको मुखभित्र जाने हिम्मत पनि गर्नुपर्छ ।

एउटा असफलताबाट अर्को असफलतासम्म लगातार रुपमा उस्तै उत्साहका साथ गएपछि मात्र सफलता भेटिन्छ।

यदि तिमी अप्ठ्याराहरुले गर्दा नर्कको बाटोमा हिंडिरहेको महसुस गर्दैछौ भने पनि, निरन्तर हिडिराख ।

मानिसको व्यवहार सानो चिज हो, जसले ठूलो फरक पार्छ ।

राम्रो बन्न र राम्रो गर्नको लागि परिवर्तन जरुरी हुन्छ।

यो सजिलो खोज्ने समय होइन, यो त साहसी बन्ने र जोखिम उठाउने समय हो ।

हामी हामीले सोंचिरहेका शब्दहरुको मालिक हौँ, तर हामीले बोलिसकेका शब्दहरुको हामी नोकर हौँ ।

यदि हामीले विगत र वर्तमानलाई जुधाउन थाल्छौं भने, भविष्य गुमाउँछौं।

जीवनको सबैभन्दा ठूलो पाठको रुपमा यो बुझ्नुपर्छ कि, कहिलेकाहीं मूर्खहरु पनि सही हुनसक्छन् ।

उठेर बोल्नु सक्नु र बसेर ध्यान पूर्वक सुन्न सक्नु, यी दुवै साहसिला काम हुन्।

हाम्रो हतास हुने हिम्मतलाई सोंच्ने र योजना बनाउने हिम्मतमा परिणत गरौँ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text