रतन टाटा भारतीय सफल व्यवसायी हुन् । टाटा ग्रुपका पूर्व अध्यक्ष उनी प्रतिष्ठित राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन् । विशेष गरि उनी बिजनेस इथिक्सको लागि चिनिन्छन् ।

रतन टाटाका जीवनोपयोगी भनाइहरु :

म सधै सही निर्णय लिइनुपर्छ भन्नेमा विश्वास राख्दिन । म निर्णय लिन्छु र त्यसलाई सही बनाएर छोड्छु ।

हामीमा समान प्रतिभा हुँदैन । तर आफ्नो प्रतिभालाई उजागर गर्नको लागि समान समय र अवसर हुन्छ ।

मानिसहरुले तिमीमाथि फ्याँकेका ढुङ्गाहरुलाई जम्मा गर र ती प्रहारहरुको लागि स्मारक निर्माण गरिदेऊ ।

फलामलाई अरु केही कुराले बिगार्न सक्दैन, तर त्यसकै खियाले बिगार्छ । त्यसरी नै व्यक्तिको जीवनलाई अरु केही कुराले बिगार्न सक्दैन, स्वयम् त्यही व्यक्तिकै मानसिकताले बिगार्छ ।

अरुको नक्कल गर्ने व्यक्ति केही समयसम्म सफल देखिएला तर ऊ अगाडी बढ्न भने सक्दैन ।

म सफल व्यक्तिलाई देख्दा खुशी हुन्छु । तर त्यो सफलता अरुप्रति निष्ठुर व्यवहारका साथ प्राप्त गरिएको हो भने म त्यो सफल व्यक्तिलाई सम्मान गर्न सक्दिन ।

छिटो हिंड्न चाहन्छौ भने एक्लै हिंड । धेरै पर पुग्न चाहन्छौ भने साथमा हिंड ।

पैसा र शक्ति मेरो जीवनको प्राथमिकतामा पर्दैनन् ।

कम्पनी अथवा संस्थालाई सधै चुनौती दिइरहनुपर्छ । तब मात्र संस्था अगाडी बढीरहन सक्छ ।

मानिसहरु अझै पनि विश्वास गर्छन् कि, उनीहरुले पढेका र सुनेका सबै कुरा सत्य हुन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text