मान्छे एक्लै जन्मिन्छ । तर जन्मिसकेपछि विस्तारै अरुको साथ पाउँदै गर्दा ऊ अरुमाथि कामले मात्र नभई भावनात्मक रुपमा पनि परनिर्भर रहन थाल्छन् । उसलाई अरुले आफूलाई स्विकारुन् , आफूलाई सहयोग गरुन् , माया गरुन्, सम्मान गरुन् भन्ने अपेक्षा हुन्छ । तर जब जीवन अगाडी बढ्दै जान्छ, ती अपेक्षा कहीं गएर टुक्रिएको जस्तो लाग्छ र ऊ आफूलाई एक्लो महसुस गर्न थाल्छ ।

तपाईंले पनि आफूलाई एक्लो महसुस गरिरहनुभएको छ ? सहयोगी टिप्स

सबैभन्दा पहिले त यो स्विकार्नुहोस् की, तपाईं एक्लो नै हुनुहुन्छ । तपाईंसंग भएका साथीहरु, नजिकका भनिएका मान्छेहरुले जतिबेला पनि तपाईंको साथ छोड्न सक्छन् । जीवन भनेको निरन्तर चलिरहने यात्रा हो । यो यात्रामा कैयौं मान्छे भेटिन्छन् र छुटिन्छन् ।

करियरमा साथ नपाएकोले एक्लो महसुस गरिरहनुभएको छ भने यो तपाईंले आफूलाई प्रामाणित गर्ने सबैभन्दा राम्रो अवसर हो । तपाईंले एक्लै गर्ने संघर्षले तपाईंलाई अझ परिपक्क, आत्मनिर्भर र बलियो बनाउँछ । जब तपाईं दृढ र लगनशील भएर लाग्नुहुन्छ, तब विश्वास नगरेकाहरुले पनि तपाईंमाथि आशा राख्न थाल्नेछन् ।

धेरै भावनामा डुब्न थाल्नुभयो भने तपाईंको जीवन नै डुब्न पनि सक्छ । त्यसैले दिमागले पनि सोंच्नुहोस् । तपाईंसंग टाढीएका व्यक्तिहरु तपाईंको जिन्दगीको लागि रहेनछन् भनेर बुझ्नुहोस् । जानेलाई जान दिनुहोस् , जिन्दगीमा नयाँ रहस्यहरु अझै आउन बाँकी छन् ।

आफ्नो दिमागलाई व्यस्त बनाउनुहोस् । जब आफ्नो दिमागलाई व्यस्त बनाउनुहुन्छ, तपाईंको व्यक्तित्व विकास हुन थाल्छ, सकारात्मक सोंच आउन थाल्छन् र डर तथा निराशाहरु घट्न थाल्छन्। पत्रपत्रिका पढ्नुहोस , अन्य पुस्तक पढ्नुहोस , नयाँ नयाँ कुरा सिक्नुहोस् , काम गर्नुहोस्, नाच्नुहोस्, गाउनुहोस्, खाली नबस्नुहोस् ।

रुन मन लागिरहेको छ भने एक्लै चिच्याएर रुनुहोस् । फेरी, तपाईंको परिवारका सदस्य, तपाईंका साथी मध्येमा यस्तो कोही व्यक्ति हुन्छ, जोसंग तपाईंले आफ्नो मनमा आएका कुरा राख्न सक्नुहुन्छ । उनीहरुसंग कुरा गर्नुहोस् ।

हरेक दिन नयाँ हो । भोलीले नयाँ सम्भावना बोकेर आउनेछ । आशावादी रहनुहोस् । आफूमाथि विश्वास राख्नुहोस् । भाग्यमा होइन, कर्ममा भर पर्नुहोस् ।

र, यदि धेरै दिनसम्म नै आफूलाई एक्लो महसुस गर्नुभयो या कम्जोर महसुस गर्नुभयो भने मनोवैज्ञानिकलाई भेटेर परामर्श लिनुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text