एक अनुसन्धान अनुसार एकान्तप्रेमी व्यक्ति बढी प्रतिभावान हुन्छन् । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले उक्त नतिजा ल्याएको हो ।

मनोवैज्ञानिकहरु समेत रहेको अनुसन्धान टोलीले १५ हजार जना माथि उक्त अनुसन्धान गरेको थियो । जसमा आइक्यु बढी भएका व्यक्तिहरु बढी हल्ला हुने ठाउँमा बसेपनि उनीहरु त्यो बसाई देखि सन्तुष्ट छैनन् ।

त्यस्तै अनुसन्धानमा संलग्न मध्ये धेरैजसो व्यक्तिहरु सम्बन्धहरु बनाउन, समाजमा घुलमिल हुन मन पराउँछन् । तर आइक्यु धेरै भएका, सिर्जनात्मक सोंच राख्ने व्यक्तिहरु केही समय मात्र अरुसंग या हल्लामा रहने तर धेरैजसो समय एकान्तमा रहने गर्न मन पराउँछन् । उनीहरुका अनुसार, एकान्तमा रहँदा तनाव कम हुन्छ, दिमाग ताजा र एकाग्र रहन्छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text