माया एन्जेलो प्रसिद्ध कवि, गायिका तथा मानव अधिकारकर्मी हुन् । अमेरिकी नागरिक एन्जेलोको जन्म सन् १९२८ अप्रिल ४ मा भएको थियो भने सन् २०१४ मे २८ मा उनी यस धर्तीबाट बिदा भएकी थिइन् ।
माया एन्जेलोका प्रसिद्ध भनाइहरु :
हामीले पुतलीको सुन्दरताको प्रशंसा गर्छौं, तर त्यो सुन्दरताको लागि पुतलीले गरेको संघर्षलाई नजरअन्दाज गर्छौं ।
हामी त्यति नै अज्ञानी हुन्छौं, जति हामीले चाहन्छौं ।
सफलता भनेको तिमीले आफूलाई मन पराउनु, आफ्नो कामलाई मन पराउनु र आफ्नो काम गर्ने तरिकालाई मन पराउनु हो ।
मलाई म आफैले मन पराउँदिन या सम्मान गर्दिन भने अरुबाट कसरि त्यसको अपेक्षा राख्न सक्छु ?
तिमी जहिले पनि सामान्य बन्ने प्रयास गर्छौ भने तिमीले आफ्नो क्षमता थाहा पाउन सक्दैनौ ।
बुद्धिवान महिला कहिल्यै पनि पिडित भएर बाँच्न चाहँदिन ।
कसैको जीवनको बादलमा ईन्द्रेणी बन्ने प्रयास गर।
जीवनमा हामीले थुप्रै पराजयहरुको सामना गर्नुपर्ने हुन्छ, तर भित्रैदेखि आफू पराजित कहिल्यै हुनुहुँदैन।
कुनै पनि कुरामा ठूलो सफलता एकैपटक हासिल गर्न सकिंदैन। पहिले थोरै सफलता हासिल गर र त्यसपछि थोरै-थोरै गर्दै सफलता बढाउँदै जाऊ।
तिमीले भनेको र तिमीले गरेको कामलाई मानिसहरुले भुल्न सक्छन्। तर, तिमीले उनीहरुलाई कस्तो महसुस गरायौ, त्यो उनीहरुले कहिल्यै भुल्दैनन्।
तिमी आफैले काम नगरुन्जेल कुनै पनि कुराले काम गर्दैन।
सबै ठूला सफलताहरुले समय लिन्छन्। धैर्य गर।
यदि हामीले एक अर्कालाई माया गर्न र एक-अर्काको आत्मसम्मानको कदर गर्न बिर्सिन्छौँ भने, साँचो अर्थमा अर्थहीन जीवन बाँच्छौं।
म कडा मेहनत गर्छु र त्यही अनुसार फल पाउँछु। म मेरो जीवनप्रति खुशी छु। म मेरो जीवनलाई माया गर्छु।
आफूलाई कुनै कुरा मन पर्दैन भने, परिवर्तन गर। यदि त्यो कुरा परिवर्तन गर्न सक्दैनौ भने आफ्नो दृष्टिकोण परिवर्तन गर।
आफूलाई मैले आफै बनाएँ। आफूलाई आफैले धेरै पढाएँ।
तिमीले आफ्नो जीवनमा घट्ने सबै घटनालाई नियन्त्रण गर्न सक्दैनौ तर ती घटनाहरुले आफ्नो अस्तित्व धरापमा पर्नबाट जोगाउन सक्छौ।
पचास वर्षको हुँदा मात्र मैले ‘म को हूँ’ भन्ने थाहा पाएँ। त्यो समय मेरो लागि म निन्द्राबाट ब्युझिनु जस्तै थियो।