सफलताको लागि लगनशीलता र धैर्यताको आवश्यकता हुन्छ । लगनशीलता र धैर्यताको कमीले नै धेरै मानिसहरुले आफूले सुरु गरेको काम बीचमै छोड्ने गर्छन् ।

सफलताको आधार लगनशीलता : कस्तो हुन्छ लगनशील व्यक्ति ?

आज देखेको सपना भोलि उठ्नासाथ पूरा हुँदैन । लगनशील व्यक्तिले यो कुरालाई बुझेको हुन्छ ।

लगनशील व्यक्तिले काम छिटो सक्ने भन्दा काम राम्रोसंग सक्ने कुरालाई ध्यान दिन्छ । उसले परिमाणलाई होइन, गुणात्मकतालाई महत्व दिन्छ ।

लगनशील व्यक्ति धैर्यवान हुन्छ । उसलाई थाहा हुन्छ, अत्तालिएर मान्छे झन् पछि धकेलिन सक्छ ।

हरेक कुराको सुक्ष्म अध्ययन गर्नु, आफूलाई अपडेट गरिराख्नु, केही नयाँ सिकिरहनु लगनशील व्यक्तिको गुण हो ।

लगनशील व्यक्तिले बाहना बनाउंदैन । उसले आफ्नो वातावरण या परिस्थितिलाई दोष दिएर बस्दैन । ऊ समस्यामा पनि अवसर देख्छ ।

लगनशील व्यक्तिले समयको महत्वलाई बुझेको हुन्छ र उसले आफ्नो कामलाई प्राथमिकतामा राखेको हुन्छ ।

धैर्यता र ढिलासुस्तीको फरकपनलाई उसले बुझेको हुन्छ । उसले अवसरलाई गुमाउंदैन र चुनौतीको सामना गर्छ ।

लगनशील व्यक्ति अनुशासनमा रहन्छ र अरुलाई पनि अनुशासनमा रहन प्रेरित गर्छ । ऊ आवेगमा आउने नभई नम्र व्यवहारले नेतृत्व गर्नेमा विश्वास राख्छ ।

लगनशील व्यक्तिले काम सानोबाट सुरु गर्छ, तर उसले पछि त्यही कामलाई ठूलो योजनाको रुपमा अगाडी बढाएर लैजान्छ।

लगनशील व्यक्ति असफलतामा अत्तालिने र सफलतामा घमण्ड गर्ने गर्दैन । उसले सफलता भनेको एउटा समग्र यात्रा हो भन्ने बुझेको हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text