रान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। साथीहरुले उनलाई उक्त नाम दिएका थिए । उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दि-खेलाडी उपाधि दिएको छ।

सफलता कुनै आकस्मिक घटना होइन । यो त लगातारको सिकाइ, प्रयास, मेहनत, आत्मविश्वास, दृढता र कामप्रतिको मायाको नतिजा हो ।

कोही पनि जन्मजात केही बन्नको लागि जन्मिएको हुंदैन । व्यक्तिले आफूभित्रको क्षमतालाई चिनेर त्यसलाई आफ्नो वातावरणमा कसरि प्रयोग गर्छ, त्यही अनुसार उसले आफ्नो परिचय बनाउँछ ।

उत्साह नै सबैथोक हो । यो गितारको स्ट्रिंग जस्तै झंकृत भैराख्नुपर्छ ।

यो संसारमा सबै कुरा खेल हो । हामी सबै एउटा समयबाट अर्को समयमा पास हुँदै मर्छौं ।

यदि तिमी राम्रो खेलाडी बन्न चाहन्छौ भने, खुट्टा र दिमाग दुवैलाई संगै चलाइरहनुपर्छ ।

ख्याल राख, त्यहाँ सधै एउटा व्यक्ति हुन्छ, जसले तिमीले भन्दा बढी तथा कठीन अभ्यास गरिरहेको छ र तिमीभन्दा राम्रो बनिरहेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, असल व्यक्ति बन्नु हो ।

सफलता जति कठीन हुन्छ, जित्नुको मज्जा त्यति नै धेरै आउँछ ।

कहिल्यै पनि कुनै एकजनाले मात्र खेल जित्न सक्दैन ।

तिमीले कतिपटक खेल जित्यौ, त्यसले सफल मानिदैन । तिमीले हारेर पनि विश्वासका साथ फेरी खेलेर जित्यौ भने सफल बन्छौ।

राम्रो टिम राम्रा खेलाडीहरु रोजेर बनाइएको हुंदैन । राम्रो टिममा आ-आफ्नो छुट्टाछुट्टै विशेषता भएका खेलाडीहरु हुन्छन् ।

मृत्युको दिन आउँदा पनि म खुशी हुनेछु । किनकी मैले मेरो जीवनमा आफूले सक्दो प्रयास गरेको छु ।

हरेक कुरा तिमीले गर्ने अभ्यासमा भर पर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text