मदर टेरेसाको जन्म २६ अगस्ट १९१० मा स्कॉप्जेमा भएको थियो । मदर टेरेसाको वास्तविक नाम ‘अगनेस गोंझा बोयाजिजू’ थियो । मदर टेरेसा समाज सेवाको क्षेत्रमा उदाहरणीय व्यक्तित्व हुन् जसले आफ्नो जिन्दगी अरुको सेवामा समर्पित गरिन् । मदर टेरेसा विश्वका कैयौं गरिबहरुकी मदर (आमा) बनिन् ।

मदर टेरेसाका प्रसिद्ध भनाइहरु

मुस्कानबाट शान्तीको सुरुवात हुन्छ ।

सानो- सानो कुरामा पनि इमान्दार बन । त्यसले तिमीलाई बलियो बनाउछ।

यदि तिमीले सय जना मानिसलाई खुवाउन सक्दैनौ भने, एक जना मानिसलाई मात्र भए पनि खुवाउ।

मानिसको सबैभन्दा खतरनाक रोग भनेको, आफूलाई माया नगरिएको आभास हुनु हो।

कसैलाई केही दिनु छ भने, पैसा भन्दा बढी माया र आत्मियता देऊ ।

खाना खाने भोक भन्दा माया र आत्मियताको भोक हटाउन गाह्रो हुन्छ।

तिमीले काम गरेपछि जादु हुँदैन । जादु त तब हुन्छ, जब तिमीले आफूलाई मन पर्ने काम गर्न थाल्छौ।

जहाँ जाऊ, माया र आत्मियता बाँडेरआऊ ।

यदि तिमी धैर्यवान व्यक्ति हौ भने, तिमीलाई दु:ख या सुख कुनै कुराले पनि असर गर्दैन ।

यदि तिमीले कसैलाई मूल्यांकन गर्न थाल्छु भने, तिमीले उसलाई माया गर्न सक्दैनौ ।

हिजो गइसक्यो । भोली आउन बाँकी छ । त्यसैले सुरुवात गर्नको लागि आज नै राम्रो अवसर हो ।

हामीलाई लाग्छ कि, हामीले गरेको काम समुद्रमा एउटा सानो थोपा जस्तै हो । तर त्यो एउटा थोपा कम भयो भने समुद्रको आकार घट्न सक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text