मौलाना जलालुद्दीन रुमी १३ औं शताब्दीका कवि हुन् जसको नाम अहिले सम्म पनि प्रख्यात छ । उनि सुफी संगीत साधकसमेत हुन् । रुमीका कविताहरु संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन्। दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा समेत उत्तिकै मानिने रुमिको जन्म सन् १२०७, सेप्टेम्बर ३० मा भएको थियो।
रुमीका प्रेरक भनाइहरु
केही गुम्यो भनेर दु:खी नबन। जे गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउँछ ।
तिमी समुद्रको एउटा थोपा होइनौ । तिमी थोपा भित्रको समुद्र हौ ।
तिमी पखेटा लिएर जन्मिएको छौ । किन आफ्नो त्यो क्षमतालाई प्रयोग नगरेर बामे सर्न चाहन्छौ ?
बुरुसले घोट्दा तिमी अत्तालिन्छौ भने, तिमी कसरि टल्किन सक्छौ ?
तिम्रो काम माया खोज्नु होइन । तिम्रो काम त तिमीभित्रको अवरोधलाई खोज्नु हो, जसले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैनन् ।
तिमी ठूलो आवाज मार्फत होइन, शब्दहरु मार्फत बोल । फूलहरु फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।
तिम्रो विगत अब कथा बनिसक्यो । आज नयाँ बिऊहरु उम्रिदैछन् ।
जसले तिमीलाई डर देखाउँछन् वा दु:खी बनाउँछन् , उनीहरुको वास्ता नगर ।
तिमीभित्र एउटा कलाकार छ, जसलाई तिमीले पनि चिन्न सकिरहेको छैनौ ।
चोट यस्तो ठाउँ हो, जहाँबाट तिमीभित्र प्रकाश छिर्छ ।
तिमीले जे खोज्दैछौ, त्यसले तिमीलाई पनि खोज्दैछ ।
अरुका कथा सुनेर सन्तुष्ट भएर नबस । तिम्रो कथा खोतल ।
हिजो म चलाख थिएँ, त्यसैले संसार परिवर्तन गर्न चाहन्थें । तर आज म बुद्धिमान भएको छ, त्यसैले आफूलाई परिवर्तन गर्दैछु ।
पग्लिरहेको हिउँ जस्तै बन । आफूलाई पखाल्दै जाऊ ।
दुखाई भुलाउन सक्ने क्षमता त्यही चोटमा नै हुन्छ ।
मलाई थाहा छ, तिमी थाकेको छौ । तर चिन्ता नगर, यही नै तिम्रो सपनासम्म पुग्ने बाटो हो ।
दुई व्यक्ति कहिल्यै पनि सन्तुष्ट हुन सक्दैनन् । एउटा प्रेमी र अर्को ज्ञान खोज्ने व्यक्ति ।
यी दुखाईहरुले संदेश बोकेर आएका छन् । यिनीहरुलाई सुन्ने प्रयास गर ।