एक जना युवक जागिरको लागि अन्तर्वार्ता दिन गए । अन्तर्वार्ता लिने टोली मध्ये एकले सोधे, ” हामीसंग तपाईंको लागि विकल्प छ । हामीले तपाईंलाई दशवटा सजिलो प्रश्नहरु सोधौं या एउटा गाह्रो प्रश्न सोधौं ? ” । ती युवकले भने, ” एउटा गाह्रो प्रश्न सोध्नुहोस् ” ।
अन्तर्वार्ता लिने टोलीबाट युवकलाई त्यो एउटा प्रश्न आयो , ” कुखुरा पहिले आयो कि अण्डा ? ” । युवकले उत्तर दिए, ” कुखुरा पहिले आयो ” । त्यसपछि अन्तर्वार्ता लिने टोलिका एकले सोधे, ” कसरी ? ” । अन्तर्वार्ता दिन बसेका युवकले मुस्कुराउँदै भने, ” तपाईंहरुले मलाई दश वटा प्रश्न सोध्ने कि एउटा गाह्रो प्रश्न सोध्ने भनेर विकल्प दिनुभयो । मैले एउटा गाह्रो प्रश्न सोध्न अनुरोध गरें र हजुरहरुले त्यो एउटा गाह्रो प्रश्न सोधिसक्नुभयो । मैले उत्तर पनि दिइसकें । त्यसैले तपाईंहरुले मलाई दिनुभएको विकल्प अनुसार, मैले दोस्रो प्रश्नको उत्तर दिनु जरुरि छैन ” ।
ती युवकको जवाफले अन्तर्वार्ता लिने व्यक्तिहरु प्रभावित भए
र उनको जागिर पक्का भयो ।
कुनै पनि स्टेजमा, कुनै पनि कुर्सीमा, कसैको पनि अगाडी नअत्तालिनुहोस् । शान्त तरिकाले दिमाग चलाउनुहोस् ।