यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजले प्राप्त गर्नुभएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

२ सय ५७ कृति मध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। जसमध्येबाट ‘रणहार’ ले उक्त प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै, यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ । पुरस्कार भने पुरस्कार असोज १२ गते वितरण गरिने बताइएको छ । दुवै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text