हाम्रो व्यक्तित्व हाम्रो सोंच र बानीहरुको समग्र रुप हो । व्यक्तित्व विकासको लागि सहयोगी प्रसिद्ध भनाइहरु :
जीवनमा जेसुकै घटना घटोस् , त्यसको जिम्मेवारी लिन सिक ।
- टोनी रबिन्स
छिटो रिसाउने बानीले तिमीलाई मूर्ख बनाएर छोड्छ ।
- ब्रुस ली
तिम्रो दृष्टिकोण, तिम्रो व्यक्तित्व हेर्दा सानो देखिन्छ । तर त्यसले नै तिम्रो जीवनमा सबैभन्दा ठूलो भूमिका खेल्छ ।
- विन्स्टन चर्चिल
तिमीले गर्न सक्ने काम भनेकै आफूमाथि ‘कन्ट्रोल’ गर्ने र सधै सकारात्मक सोंच राख्नु हो ।
– रोज नमज्युन
तिमी जो होइनौ, त्यस्तो नक्कल नगर । तिमी भविष्यमा जे बन्न चाहन्छौ, त्यो देखिने प्रयास गर ।
- मिसेल जनसन
आफ्नो दिमागलाई साँघुरो मानसिकताबाट टाढा राख्यौ भने तिमी आफूले सोंचे भन्दा पनि टाढा जान सक्छौ ।
- बेन्जामिन डिजरायलि
जसले ‘मैले सक्छु’ भन्ने विश्वास राख्छ, ऊ ढिलो या चाँडो सफल भएर छोड्छ ।
- रिचार्ड बक
सानो नै होस् , नदेखियोस् तर आफूभित्र आगोको एउटा ज्वाला बलिरहेको हुनुपर्छ ।
- क्रोमाक मकक्यार्थी
हामी सबै एउटै खाडलमा छौं । फरक यो हो कि, हामी मध्ये केही ताराहरु हेरेर मुस्कुराइरहेका छौं ।
- ओस्कर वाइल्ड
केही कुरा मन पर्दैन भने त्यसलाई परिवर्तन गर । र, यदि त्यसलाई परिवर्तन गर्न सक्दैनौ भने त्यसलाई हेर्ने आफ्नो दृष्टिकोणलाई परिवर्तन गर ।
- माया एञ्जलो
सकारात्मक सोंच सहितको व्यक्तित्वले नै तिमीलाई सुन्दर जीवन दिन सक्छ ।
- जोल अस्टीन
खुसी खोज्दै हिड्ने कुरा होइन । खुशी त तिम्रो रोजाई हो ।
- श्यानन
सकारात्मक सोंच र आशा सुन्दर व्यक्तित्वका चिन्ह हुन् ।
- ब्र्यान ट्रेसी
तिम्रो व्यक्तित्व विकासको लागि पैसा र शिक्षा भन्दा बढी तिम्रो सकारात्मक दृष्टिकोणको आवश्यकता पर्छ ।
- चार्ल्स आर. स्वेंडेल