एरिआन्न हफिंगटन सफल अनलाइन पब्लिकेशनकी संस्थापक तथा कार्यकारी अधिकृत हुन् । तर यो सफलता चाख्नुभंदा अगाडी उनले जीवनमा अनेकौं हण्डर खाएकी छिन्।

एरिआन्नको सफल दोस्रो पुस्तक प्रकाशनको लागि आग्रह गर्दा उनलाई ३६ वटा प्रकाशकले अस्विकार गरेका थिए । लामो प्रयासपछि पुस्तक प्रकाशन भयो । तर पुस्तकको समिक्षामा धेरै नकारात्मक प्रतिक्रियाहरु छापिए । तर, पनि उनले आफूलाई कत्ति पनि विचलित बनाइनन् । पछि उनका हरेक पुस्तक सबैभन्दा बढी बिक्रि हुनेमा गनिन थाले ।

त्यही समयमा उनले हफिंगटन पोस्ट स्थापना गरेर त्यसको प्रमुख सम्पादक बनिन् । अहिले थ्राइभ ग्लोबल फाउन्डेसन चलाइरहेकी उनी सफल लेखक तथा उद्धमी हुन् । उनका द स्लिप रिभोलुसन, थ्राइभ, द वर्ल्ड इस अमेरिका, राइट इज रंग गरि पन्ध्रवटा पुस्तक प्रकाशित छिन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text