सफलता भनेको केवल पैसा या नाम कमाउनु मात्र होइन । पैसा भनेको खुशी साथ बाँच्नु हो । त्यो खुशीको लागि अपरिहार्य हुन्छ । अर्कोतर्फ, जीवनका परिस्थितिहरुमा ‘आफ्ना’हरुको सकारात्मक शब्दले मात्र पनि हौसला मिल्छ ।

आफ्नो परिवार संग जति सक्दो समय बिताउनुहोस् : यस्ता छन् फाइदा

परिवारसंग धेरै समय बिताउँदा विश्वास र आत्मियता बढ्छ । जसले गर्दा व्यक्तिमा एक्लोपनाले आउने डिप्रेसन जस्ता मानसिक रोगबाट टाढा राख्छ । कठीन परिस्थितिमा पनि उसले सम्झिन्छ कि, ‘मसंग मेरो परिवार छ’, ‘म मेरो परिवारको लागि पनि बाँच्नुपर्छ’ । जसले गर्दा आत्महत्या जस्ता अप्रिय घटना घट्ने सम्भावना न्युन हुन्छ ।

परिवारका सदस्यहरु धेरै समय एकै ठाउँमा रहँदा उनीहरु एक अर्कालाई आफ्नो कुरा सुनाउन सहज हुन्छ । त्यसरी आफ्नो कुरा खुलेर राख्न पाउँदा मनमा कुरा गुम्सिने, मानसिक तनाव बढ्ने समस्या कम हुन्छ । भावनामा चोट पुगेर या मानसिक तनावका कारण कुलतमा फस्ने, डिप्रेसनमा जाने सम्भावना न्युन हुन्छ ।

हरेक व्यक्ति जीवनमा अनेक परिस्थितिहरुसंग लडिरहेको योद्धा हो । जब परिवार एकै ठाउँमा हुन्छ । उसको त्यो शक्ति समूहको शक्तिमा रुपान्तरण हुन्छ । कठीन परिस्थितिमा पनि समाधानका विकल्प निस्कन्छन् । जसले गर्दा मानिस जस्तोसुकै परिस्थितिमा पनि अगाडी बढ्न सक्छ । र, परिवारको सदस्यहरुलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुन्छ ।

परिवारका सदस्यहरु धेरै समय रहँदा एक अर्काको ख्याल राख्छन् । यसले गर्दा हरेक सदस्यले शारीरिक तथा मानसिक रुपमा स्वस्थ जीवन जिउन सक्छन् । परिवार-परिवार मिलेर नै समाज र त्यसपछि देश बन्ने हो । त्यसैले स्वस्थ र दक्ष जनशक्ति उत्पादन हुन्छ ।

खुशी जीवनका साना-साना कुराहरुमा भेटिन्छन् । ती खुशी परिवारको साथमा रहँदा कैयौं गुणा बढ्न सक्छन्, जस्तै :आफ्ना हजुरबुवा हजुरआमाले भनेका कथा सुन्न पाउँदा, साना भाइबहिनीसंग खेल्न पाउँदा, पर्वको दिनमा एकैसाथ रमाइलो गर्न पाउँदा, आमा बुवाको आशीर्वाद पाउँदा । व्यक्तिले खुशी र प्रफुल्लित रहेर बाँच्न सक्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text