कहिले हामीलाई करियर रोज्नमा दुविधा हुन्छ भने करियर रोजिसकेपछि आउने विभिन्न बाधा तथा विचारहरुले अलमल बनाइदिन्छन् । यस्तो अवस्थामा हामीलाई प्रेरणा दिंदै सही दिशामा डोहोर्याउन सक्ने केही प्रेरक भनाइहरु यहाँ समावेश गरिएको छ :
आज तिमीले जे काम गर्दैछौ, त्यसले नै तिम्रो भविष्य निर्धारण गर्छ।
– महात्मा गान्धी
तिमी अरु कोही बन्न चाहनु भनेको, तिमीले तिम्रो आफ्नो अवमूल्यन गर्नु हो।
-कर्ट कोबेइन
तिमी अगाडी बढ्नको लागि तिमीले आफ्नो कामलाई माया गर्नुपर्छ। यदि आफ्नो कामलाई माया गर्न सकिरहेको छैनौ भने, त्यो काम स्थायी रुपमा नगर।
– स्टिभ जब्स
तिमीले जुन काम गर्ने निर्णय गरेको छौ, यति निश्चित गर की त्यो कामले तिमी खुशी हुनेछौ या छैनौ ।
– पाउलो कोएल्हो
तिमी, तिमी जस्तो बन। अरुजस्तो त अरु बनिसके।
-ओस्कार वाइल्ड
यदि तिमीलाई कुनै कामले डर लाग्छ भने, प्रयास गर्नको लागि त्यो काम गर्न सही छ।
– सेठ गोदिन
यदि तिमीले ठूलो सफलता चाहन्छौ भने, मानिसहरुको अनुमति पर्खेर नबस।
– एड्डी कोलला
भविष्य उनीहरुको लागि हो, जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्।
– एलेनर रुजवेल्ट
तिमीले खेलको नियम राम्रोसंग जान्नुपर्छ। तब मात्र तिमी अरुभन्दा राम्रो खेल्न सक्छौ।
– अल्बर्ट आइन्स्टाइन
डरलाई आफूलाई पछाडीबाट खिच्ने अनुमती नदेऊ।
– बबे रथ