फिल नाइटको पूरा नाम फिलिप ह्याम्प्सन नाइट हो । उनी नाइक कम्पनीका सह-संस्थापक तथा अध्यक्ष हुन् । फिल नाइटको स्टप मोसन फिल्म कम्पनी समेत छ । सन् १९३८ मा जन्मेका उनी २०१८ मा विश्वका २८ औं धनी व्यक्ति हुन्छ।

फिल नाइटका सफलताका सुत्रहरु :

आफ्नो लक्ष्य पूरा गर्नको लागि पागल जसरि लाग । जसले असम्भव भन्ने देख्दै देख्दैन, कडा मेहनत गर्न सक्छ र लक्ष्य प्राप्तिको लागि केहि त्याग गर्ने हिम्मत गर्छ ।

तिम्रो लक्ष्य फरक छ भने अरुले सुन्दा, मूर्ख लाग्ने किसिमको पनि हुनसक्छ। तर तिमी तिम्रो लक्ष्यको बारेमा प्रष्ट हुनु जरुरि छ। तिमीले त्यसलाई योजनामा र काममा ढाल्न सक्छौ भने, अरुको आलोचनाले फरक पार्न सक्दैन ।

आफ्नो जीवनका प्राथमिकताहरु, सपनाहरु, आफ्ना व्यक्तिगत मूल्य र मान्यताहरु, आफ्ना क्षमताहरु, आफ्ना कमजोरिहरुको बारेमा आफू जानकार बन । हरेक दिन केहि नयाँ कुरा सिक्ने बानी बसाल ।

आफ्नो टिममा विश्वास योग्य मान्छेहरुलाई लेऊ। आफूलाई पनि उनीहरुले विश्वास गर्न सक्ने वातावरणको सिर्जना गर ।

आफूले कमाउने पैसाको हिसाबले सफलताको मूल्यांकन नगर । पैसाले मात्र दिने सफलता क्षेणीक हुन्छ । आफूले उत्पादन गर्ने वस्तुको गुणस्तरमा प्रतिस्पर्धा गर । ठूलो सफलताको लागि कामलाई राम्रो बनाउनमा केन्द्रित हुनुपर्छ ।

आफ्नो लक्ष्यलाई माया गर र त्यो लक्ष्य प्राप्तिसम्म पुऱ्याउने यात्रामा उत्साहित बनिराख । त्यो उत्साहले जुनसुकै अप्ठ्यारो परिस्थिति र असफलताको सामना गरेर पनि अगाडी बढिरहने शक्ति दिन्छ ।

सफलताको लागि सबैभन्दा महत्वपूर्ण भनेको कडा मेहनत हो । कडा मेहनत बिना न त आजसम्म कसैले सफलता हासिल गरेको छ, न त तिमीले नै गर्नेछौ ।

फिल नाइटको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

तस्बिर स्रोत

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text