मार्क जुकरबर्ग फेसबुकका संस्थापक हुन् । कलेज जीवनमा छँदा नै एउटा नयाँ अवधारणाको विकास गरेर, त्यसमा लागि पर्दै विश्वका सफल उद्धमी र धनी व्यक्तिमा पर्न सफल भएका जुकरबर्ग, संसारभरका युवाहरुको लागि प्रेरणा हुन्। यहाँ, उनले भनेका केही प्रेरक भनाइहरु प्रस्तुत गरिएको छ :

” मेरो विचारमा, बिजनेसमा सफल हुने एउटा नियम हो, सबैभन्दा सजिलो कामबाट सुरुवात गर्नु ।”

” पर्खालहरु निर्माण गर्नुको सट्टा, हामी पूल निर्माण गर्नमा सहयोग गर्न सक्छौं।”

“मेरो लक्ष्य कहिल्यै पनि एउटा कम्पनि निर्माण गर्नु थिएन । मलाई त कुनै एउटा यस्तो काम गर्नु थियो, जसले संसार बदलोस्।”

” तिमी जुन कुरा निर्माण गर्न चाहन्छौ, त्यसमा शतप्रतिशत दिंदै मायाका साथ गर। जसले ठूलो सफलता निर्माण गरे, उनीहरुले आफ्नो निर्माणकार्यलाई माया गर्दै शतप्रतिशत दिएका हुन् ।”

” केही मानिसहरु सफलताको सपना देख्नमै व्यस्त हुन्छन् भने ,केही मानिस उठ्छन् , कडा मेहनत गर्छन् र सफलता निर्माण गर्छन् ।”

” उद्धम गर्न चाहने प्रत्येक युवाले यो जान्न जरुरि छ की, ‘उनीहरुले के जान्दैनन्’। “

” डर र आशाको बीचमा आशालाई रोज्नको लागि हौसला चाहिन्छ।”

” सबैभन्दा ठूलो जोखिम भनेको, हरेक जोखिमसंग डराउनु हो ।”

” यसरि दौड की केही चिजहरु तोडिदेउ । यदि तिम्रो दौडाइले केही पनि तोडिएको छैन भने, तिमी दौडिएको पनि पुगेको छैन ।”

” मैले हरेक दिन म आफैलाई एउटा प्रश्न सोध्ने गर्छु ‘ के मैले आफूले गर्न सक्ने मध्येको सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छु?’।”

मार्क जुकरबर्गको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्



लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text