पाब्लो पिकासो विश्व प्रसिद्ध चित्रकार हुन्। उनको नामबिना बीसौं शताब्दिको चित्रकलाको इतिहास अधुरो मानिन्छ। उनको जन्म सन् १८८१, अक्टोबर २५ मा भएको थियो।

पाब्लो पिकासोका प्रसिद्ध भनाइहरु

योजनालाई काममा परिणत गर्नु नै सफलताको आधार हो ।

योजनाको गाडीमा हाम्रा लक्ष्यहरु राखेर परिश्रमले उक्त गाडी डोहोर्याउनु नै सफलता तर्फ उन्मुख हुनु हो ।

सफलता खतरनाक हुन्छ । मानिस सफल भएपछि उसले आफैले आफ्नै नक्कल गर्न थाल्छ । र, अरुको नक्कल गर्नुभन्दा खतरा आफ्नै नक्कल गर्नु हो ।

तिमीले जुन कुरा कल्पना गर्न सक्छौ, त्यो साँचो हुन्छ ।

हामी बूढो हुँदैनौ, हामी परिपक्क हुँदै जान्छौं ।

मैले जुन काम गर्न जान्दिन त्यो काम गर्न अगाडी सर्छु । जसले गर्दा, मैले त्यो काम गर्न सिक्छु ।

प्रत्येक बच्चा कलाकार हो । फरक यसमा पर्छ की, ऊ ठूलो हुँदै जाँदा वरिपरिको वातावरण अनुसार आफूलाई कस्तो राख्न सक्छ।

बिगार्नुबाट नै कुनै पनि कुराको सृजनाको सुरुवात हुन्छ ।

प्रेरणा भन्ने शब्दले हामीलाई काम गरिरहेको भेट्नुपर्छ ।

जीवनलाई ताजा बनाइराख्ने चिज भनेको नै माया हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text