दुविधा भरिएको दिमागले हामी आफ्नो लक्ष्यमा केन्द्रित हुन सक्दैनौं । दुविधा बढ्दै गएमा त्यसले अनावश्यक तनाव बढाउंदै मानसिक रोग समेत निम्त्याउन सक्छ ।

दुविधाको स्थितिबाट बाहिर निस्कन सहयोग गर्ने साधारण टिप्स

सबैभन्दा पहिले त आफ्नो जीवनका प्राथमिकताहरु छुट्टाउनुहोस् । जब तपाईं आफ्ना प्राथमिकताहरु बारे स्पष्ट हुनुहुन्छ, तब तपाईंलाई निर्णय लिन सहज हुन्छ । तपाईं आफूले चाहेको कुरामा दृढ बन्नुहुन्छ ।

दुविधामा भएको समयमा आफूसंग भएका विकल्प, या कुन-कुन कुरालाई लिएर दुविधामा हुनुहुन्छ, ती कुराहरुलाई डायरीमा टिपोट गर्नुहोस् । अब ती कुराबाट हुने फाइदा बेफाइदा, चुनौती र भविष्यका सम्भावनालाई लेख्नुहोस् । त्यसपछि कुन तपाईंको लागि उपयुक्त हुन्छ भन्ने मूल्यांकन गर्नुहोस् ।

भावनामा बगेर, दुविधा लिएर नबस्नुहोस् । दिमागले पनि सोंच्नुहोस् । दिर्घकालिन कुरालाई ध्यानमा राख्नुहोस् ।

आफ्नो अभिभावक या साथीसंग कुरा गर्नुहोस् । आफूसंग भएका विकल्प बताउनुहोस् । त्यसको लागि सिधै भन्न सक्नुहुन्न भने, उदाहरण जस्तो बनाएर, अरुको समस्या जस्तो बनाएर पनि बताउन सक्नुहुन्छ । त्यसपछि उनीहरुको धारणा बुझ्नुहोस् । यसले गर्ना निर्णय लिन ठूलो सहयोग पुग्नेछ ।

काम, करियर आदिलाई लिएर दुविधामा हुनुहुन्छ भने आफूसंग भएका विकल्पहरुको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुहोस् । यसको लागि पुस्तक, सेमिनार, इन्टरनेट या त्यो क्षेत्रमा काम गरिरहेका व्यक्ति तपाईंको लागि सहयोगी बन्न सक्छन् ।

धेरैजसो समय हामी अरुको खुशी र आफ्नो खुशीका बीचमा दुविधामा पर्छौं । आफूलाई, आफ्नो खुशी र आफ्नो रुचीलाई पनि महत्व दिनुहोस् । अरुले के भन्लान् भन्ने कुरालाई कम महत्व दिनुहोस् । ख्याल राख्नुहोस् कि, तपाईंले लिने निर्णयले तपाईंको जीवनमा दिर्घकालिन असर पर्नेछैन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text