महेन्द्र सिंह धोनी (एमएस धोनी) क्रिकेट स्टारको रुपमा प्रसिद्ध छन् । भारतका खेलाडी धोनीको जन्म जुलाई ७, १९८१ मा भएको थियो ।

एमएस धोनीका प्रेरक भनाइहरु :

जे भयो, त्यो भइसक्यो । त्यसबाट केही सिक्नु र त्यही गल्तीलाई बारम्बार नदोहोर्याउनु महत्वपूर्ण हो ।

यदि तिमी विजयी मात्र भइरह्यौ भने तिमीले आफ्ना कमजोरी थाहा पाउन सक्दैनौ, त्यो भन्दा अगाडी बढ्ने बाटो देख्दैनौ ।

जीवनमा यस्ता दिन पनि आउँछन् की हामी टुट्छौं । तर यो सम्झिनु कि, जिन्दगी अझै सकिएको छैन ।

डरलाई छोड, केही फरक गर्ने प्रयास गर ।

कुनै काम र उतारचढाव बिनाको जीवन, जीवन नै होइन ।

जतिसुकै कठोर कुरा होस्, यदि त्यसले तिमीलाई मार्दैन भने तिमीलाई बलियो बनाएर छोड्छ ।

सबैकुरा राम्रो भइरहेको अवस्थामा भन्दा सबैकुरा विपरित गइरहेको अवस्थामा तिमीले धेरै कुरा सिक्न सक्छौ ।

यदि तिमीसंग सपना नै छैन भने, तिम्रो जिन्दगीको गन्तव्य पनि भेटिदैन ।

नतिजा भन्दा प्रक्रिया महत्वपूर्ण हुन्छ ।

मैले हरेक पटक आफ्नो शतप्रतिशत दिएर खेल्छु र मेरो लागि त्यही नै जित हो ।

म सधै राम्रो गर्ने प्रयास गर्छु । तर कहिल्यै पनि आफूलाई दबाब दिन्न ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text