जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा राम्रो सीइओमा दोस्रो स्थानमा राखेको थियो। उनको जन्म सन् १९६४ जनवरी १२ मा भएको हो ।

जेफ बेजसका सफलताका ३ सुत्र

जेफ बेजसले एमाजोन सुरु गरेको केही समयमै फाइदा पाएका होइनन्। केही वर्षसम्म उनले निकै तनाव झेल्नुपरेको थियो। त्यसैले उनका अनुसार, दिर्घकालिन फाइदा वा सफलता हासिल गर्नु छ भने, कुर्नु नै पर्छ। यदि हामीले तत्कालको फाइदा मात्र हेर्न थाल्यौं भने ठूलो सफलता हासिल गर्न सक्दैनौं।

सकारत्मक सोंच भएका व्यक्तिहरुको संगत गर्नुहोस् र आफ्नो काम गर्ने टिममा सही व्यक्तिहरुको छनोट गर्नुहोस्। सकारात्मक सोंच र बौद्धिकता संगै त्यो व्यक्तिले आफ्नो कामलाई कत्तिको जिम्मेवारीपूर्ण तरिकाले लिन्छ , तपाईंको सपनालाई कत्तिको बुझ्छ र आफूलाई अगाडी बढाउन चाहन्छ कि चाहंदैन, त्यो सबै बुझेर मात्र टिम निर्माण गर्नुपेर्छ ।

आफ्नो टिमका व्यक्तिहरुमा छलफल चलाउनुहोस् । धेरै व्यक्तिबाट समाधानका विकल्पहरु धेरै लिन सकिन्छ। आफू मात्र जान्ने छु भन्ने नसोंचेर सबैको सुझाव वा रायलाई राम्रोसंग मनन गर्नुहोस् । त्यसपछि मात्र आफूले सही निर्णय लिनुहोस्।

जेफ बेजोसको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text