केही भएको छैन यहाँ
आजको दिन ढलेको मात्र हो ।
साहस बिलाएको छैन भने धैर्य गर्ने
यतिबेलासम्म पर्खिएको साँझ
आजलाई अन्धकार भएको मात्र हो।
केही भएको छैन यहाँ
समय नमिलेको मात्र हो ।
तिमीले चाहेको बजे (घडी) कुर्नु छ अझै ।
झिनो आशा अझ झिनो भएर
आज सूर्य अस्ताएको मात्र हो ।
केही हुनेछ भोलि पक्कै यहाँ
आज हतार लागेको मात्र हो
जब न्यानो बिहानी आउनेछ,
कोपिला फूल हुनेछ।
आकाश हेर न, ढाकेको छ बादलले
त्यसरी नै
जिवनमा पनि केही असहजताले
आज ढाकेको मात्र हो।
-दुर्गा खनाल
( तपाईंसंग पनि यस्तै प्रेरणादायी र सकारात्मक ऊर्जा दिने कथा, लेख रचना छन् भने हामीलाई पठाउन सक्नुहुनेछ । )
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :