वर्तमान समयका पाठकहरुका लोकप्रिय लेखक हुन् , पाउलो कोएल्हो । लेखन मार्फत सकारात्मक विचार र र जीवनप्रतिको आशा प्रवाह गर्नु उनको मूख्य विशेषता हो । अन्तर्राष्ट्रिय स्तरमा उनका पुस्तकहरु धेरै बिक्ने पुस्तकहरुमा गनिन्छन्। धेरै भाषामा अनुवादन भएर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको “द अल्केमिस्ट” पुस्तकका लेखक पाउलोको जन्म सन् १९४७ अगस्ट २४ मा भएको थियो । पाउलो कोएल्होका प्रेरक भनाइहरु : 

. एकदिन जब तिमी ब्युझनेछौ, तिमीले गर्न चाहेका धेरै काम हुनेछन्, तर  तिमीसंग कत्ति पनि समय बाँकी रहनेछैन । त्यसैले जे गर्नु छ, आजै  गर।

Image may contain: 1 person, text

२. यदि सफल हुन चाहन्छौ भने , एउटा नियमको सधै पालना गर – आफूलाई  कहिल्यै नढाँट ।

Image may contain: 1 person, smiling, beard and text

३. तिमीले इन्द्रेणी हेर्न चाहन्छौ भने कालो बादल र वर्षालाई सहने हिम्मत गर्न  सक्नुपर्छ ।

Image may contain: sky, ocean, text, outdoor and nature

४. आँशु र पीडा भनेका शब्दहरु हुन् , जसलाई लेख्न जरुरि छ ।

५. सपना पूरा हुन नसक्ने एक मात्र कारण हो, असफल भइने डर ।

Image may contain: one or more people, ocean, cloud, sky, text, outdoor, nature and water

६. कसैले पनि बन्द आँखाले आफ्नो गन्तव्यमा तीर हान्न सक्दैन ।

७. हामीले आफूलाई चिन्ने प्रयास गर्यौं भने , हामी आफूले सोंचेभन्दा पनि टाढा  पुग्न सक्छौं ।

Image may contain: 1 person, text and closeup

८. जीवनका प्रत्येक संघर्षले हामीलाई जिउन सिकाइरहेका हुन्छन् ।

९. यदि तिम्रो जीवनबाट कोही जान्छ भने, निरास नहोऊ । त्यो ठाउँ योग्य  व्यक्तिको लागि खालि भएको हो र ऊ आउंदैछ ।

Image may contain: one or more people, people standing, text and nature

१०. मानिस आफ्नो जीवनको कुनै पनि अवस्थामा सपना पूरा गर्नको लागि  योग्य हुन्छ । मात्र, उसले आफू माथि विश्वास गर्नु जरुरि छ ।

 

पाउलो कोएल्होको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text