भारतीय अभिनेत्री प्रियंका चोपडा सफल कलाकार मध्येमा गनिन्छिन् । सुन्दरी प्रतियोगिताबाट बलिवुड यात्रा गर्दै हलिवुड सम्म पुगेकी उनले चलचित्र निर्माण तथा निर्देशन गर्न समेत थालिसकेकी छिन् । २०१७ मा फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाइ गरेको टिभी अभिनेत्रीको सूचीमा प्रियंका दशमध्ये एकमा पर्न सफल भएकी थिइन् । गायनमा समेत अब्बल प्रस्तुति दिएकी उनलाई प्रतिभावान कलाकारको रुपमा चिनिन्छ।

हालै पेन्गुइन पब्लिकेशनले आयोजना गरेको ‘ब्रेक्रिंङ द ग्लास सिलिङ – चेन्जिङ द ड्रिम’ मा प्रियंकाले आफ्ना सफलताका सुत्रहरु बताएकी छिन् । उनले बताएका सफलताका सुत्र यस्ता छन् :

  • तपाई जस्तो अरु कोही पनि छैन। तपाईले आफूलाई चिन्न सबैभन्दा जरुरी छ।
  • सपनालाई पखेटा दिनुहोस् र उडान गर्नुहोस् । परिवर्तनको डरले आफ्नो सपनालाई नदबाउनुहोस्।
  • महत्वकांक्षी बन्नुहोस्। महत्वाकांक्षाले नै मानिसले ठूलो सफलता हासिल गर्न सक्छ ।
  • आफूमा विश्वास गर्नुहोस् र कसैलाई पनि आफ्नो सपनामा हस्तक्षेप गर्ने अधिकार नदिनुहोस्।
  • थोरै सफलतामा सन्तुष्ट बनेर नबस्नुहोस् । धेरै खोज्नुहोस् । सपना पूरा गर्नका निम्ति लोभी हुन जरुरी छ।
  • हार्नु वा असफल हुनु खराब होइन। तर लडेपछि उठ्न जरुरी छ।
  • चुनौतीलाई स्वीकार्नुहोस्। तर, आवेशमा आएर निर्णय लिने नभई, चुनौती लिनुभन्दा पहिले समझदारी अपनाउनुहोस्।
  • सकारात्मक सोंच राख्नेहरुको संगत गर्नुहोस्। आफ्नो नजिकका मान्छेहरू समझदारीपूर्वक छान्नुहोस्।
  • तपाई हरेक मान्छेलाई खुशी राख्न सक्नुहुन्न। त्यसैले कोसिस पनि नगर्नुहोस् ।
  • प्रत्येक स-सानो कुरालाई पनि गम्भीरताको रूपले लिन छाड्नुहोस्। जिन्दगीमा साँचो अर्थले बाँच्नको लागि रमाइलो गर्न पनि आवश्यक छ।
  • मानवतालाई सधैँ जाेगाइराख्नुहाेस्। यदि कसैले तपाइको लागि केही गरेको छ भने उसका लागि केही गर्ने जिम्मेवारी तपाईको पनि हो।
  • विगतमा नअल्झिनुहोस्। तर यो कहिल्यै नभुल्नुहोस् कि, तपाई कहाँबाट आउनु भएको हो।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text