ग्लेन कनिंगहम प्रसिद्ध अमेरिकन खेलाडी हुन् । सात वर्षको उमेरमा आफ्नो स्कुलमै उनी दुर्घटनामा परेका थिए । त्यो निकै भयानक दुर्घटना थियो । डाक्टरहरुले उनी बाँच्न पनि गाह्रो रहेको बताए । तर, बालक ग्लेन भने सबैलाई चकित पार्दै बाँचे । तर, उनका खुट्टा भने सुकेका थिए । डाक्टरहरुले उनी जीवनभर कहिल्यै हिड्न नसक्ने बताए ।

ग्लेनको जीवन त्यसपछि व्हिलचेयरमा बित्न थाल्यो । उनलाई त्यो व्हिल्चेयरको जिन्दगी जिउनु थिएन । उनी आफ्नै खुट्टाले हिंड्न, कुद्न चाहन्थे । त्यसैले ग्लेनले साहसका साथ एकदिन बगैचामा व्हिल्चेयर पछाडी हुत्ताए । उनी भुइँमा पछारिए र आफ्नै प्रयासले बामे सर्न थाले । हरेक दिनको यो प्रयासले उनी विस्तारै बामे सर्ने, त्यसपछि उठ्न सक्ने र अनि हिड्न सक्ने बने । त्यसपछि उनलाई दौडिने सपनाले पछ्यायो ।

डाक्टरहरुले जीवनभर हिड्न सक्दैनस् भनेका ग्लेनले व्हिल्चेयरलाई हुत्ताएर १९३० ताकाका विश्व रेकर्ड राख्ने खेलाडी बने । दौडमा उनको नाममा विभिन्न रेकर्ड रहेका छन् । त्यस्तै उनले पी.एच.डि सम्मको अध्ययन पनि पूरा गरे ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text