मारिया सारापोभा प्रसिद्ध टेनिस खेलाडी हुन् । खेल बाहेक मोडलिंग र समाजसेवामा समेत सक्रिय रहेकी यी रुसी खेलाडीको जन्म सन् १९८७ अप्रिल १९ मा भएको थियो ।

मारिया सारापोभाका प्रेरक भनाइहरु

मान्छेहरुले तिम्रो बारेमा के सोंच्छन् भन्ने कुरालाई तिमीले कन्ट्रोल गर्न सक्दैनौ । अगाडी बढ, कडा मेहनत गर र कामले आफ्नो परिचय देऊ ।

म कसैको अर्को रुप होइन । म पहिलो मारिया सारापोभा हूँ ।

मलाई मेरो विगत राम्रोसंग थाहा छ र मैले त्यहाँदेखि मेरो यहाँसम्मको यात्रा बिर्सिन सक्दिन ।

खेलको प्रदर्शनको समयमा भन्दा प्रशिक्षणको समयमा, पर्दा पछाडी बढी मेहनत गर्नुपर्छ । र, हरेक क्षेत्रमा सफलताको रहस्य यही हो ।

तिमीले आफ्नो हारबाट जति छिटो सिक्छौ, त्यति नै छिटो त्यो हारको चोटबाट बाहिर निस्किन सक्छौ ।

पहिलो स्थान पाउनु मात्र ठूलो कुरा होइन । पहिलो स्थान पाउन लायक छु भनेर प्रमाणित गर्नु महत्वपूर्ण कुरा हो ।

यदि तिमीलाई आफू कहाँबाट आएको हूँ भन्ने थाहा छैन भने, तिमीलाई आफू को हूँ भन्ने पनि थाहा छैन ।

म अरुभन्दा छुट्टै हुन मन पराउँछु । अरु सबैले रातो लगाउंदै छन् भने, म कालो लगाउन चाहन्छु ।

जब कुनै कुरामा प्रतिबद्ध हुन्छु, त्यो पूरा नगर्दासम्म म त्यही कुरामा अडिइरहन्छु ।

घरबाट बाहिर निस्कँदा मेरो ध्यान सधै आफूले कसरि सक्दो राम्रो गर्ने भन्ने कुरामा केन्द्रित रहन्छ ।

प्रत्येक जित र हारको निर्धारण गर्ने शक्ती तिमी भित्र नै हुन्छ ।

जब म कमजोर महसुस गर्छु, मैले खेलाडीहरुले चम्किला ट्रफीहरु उठाइरहेको सम्झिन्छु, उनीहरुको ठाउँमा मैले ट्रफी उठाएको कल्पना गर्छु र आफूभित्र शक्ति भर्छु।

आफूलाई अरुको अगाडी कसरि राम्रो देखाउने भन्ने प्रयास नगर । आफूलाई के राम्रो लाग्छ, त्यो बन्यौ भने तिमीमा आत्मविश्वास जाग्छ र त्यो आत्मविश्वासले अरुको मन जित्न सक्छौ ।

मैले अरु खेलाडी कसरि खेल्छन् भनेर उनीहरुलाई पछ्याउन थाल्दीन । मेरो आफ्नै तरिका छ र त्यो मेरो परिचय हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text