गोर्डन राम्जी प्रसिद्ध ‘सेफ’ तथा रेष्टुरेन्ट व्यावायी हुन् । रेस्टुरेन्टहरुका मालिक तथा टेलिभिजन कार्यक्रमका संचालक समेत रहेका राम्जी सेलिब्रेटी ‘सेफ’ मानिन्छन् । उनको जन्म सन् १९६६ को नोभेम्बर ८ मा स्कटल्याण्डमा भएको हो ।

गोर्डन राम्जीका सफलताका सुत्रहरु

तिमीले आफूले काम गर्न चाहेको क्षेत्रमा, त्यो क्षेत्र र कामको बारेमा जानकारी नभई सफलता हासिल गर्न सक्दैनौ । त्यसैले काम गर्न चाहन्छौ भने, त्यो काम तथा क्षेत्रको बारेमा जानकारी लेऊ र आफ्नो कामको आधारभूत कुराहरु सिक ।

आफूमा आत्मविश्वास जगाऊ । आत्मविश्वासको कमी भयो भने तिमीले जुनसुकै काममा पनि सफलता हासिल गर्न मुस्किल गर्छ । आत्मविश्वासको वृद्धिको प्रमुख उपाय भनेको आफ्नो कामको आधारभूत कुराहरु बारेमा जानकारी लिनु र काम सिक्नु पनि हो ।

लक्ष्य लिंदा, ठूलो लक्ष्य लेऊ । तर त्यो ठूलो लक्ष्यमा एकैपटक पुग्न नखोज । एकैपटकमा धेरै ठूलो काम गर्छु भन्ने नसोंच । आफ्नो ठूलो लक्ष्यमा पुग्नको लागि साना-साना लक्ष्यहरु बनाऊ र ठूलो काम गर्ने क्षमता अभिवृद्धिको लागि साना-साना कामदेखि यात्रा सुरु गर।

आफ्नो कामलाई माया गर । आफूभित्र केही नयाँ सिक्ने र काममा केही नयाँपन ल्याउने चाहनाको भोक जगाइराख ।

आफ्ना सपना पूरा गर्नको लागि अरुले पागल देख्ने जसरि लागिपर । सफलता हासिल गर्न संघर्ष र धैर्यता चाहिन्छ, त्यसैले कहिल्यै पनि आफ्नो लक्ष्यको बाटोमा बिचमा थाकेर रोकिन नखोज ।

जिन्दगीको मज्जा लेऊ । कामबाट आफ्नो लागि पनि केही समय राख र आफूमा सकारात्मक सोंचहरुको विकास गर ।

गोर्डन राम्जीको प्रेरणादायी जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text