अरस्तु ग्रीक दार्शनिक तथा वैज्ञानिक हुन् । ग्रिसमा ३८४ बिसिमा जन्मिएका उनी एलेक्जेन्डर द ग्रेट का गुरुका रुपमा समेत प्रशिद्ध छन् । उनको पश्चिमी दर्शनमा महत्वपूर्ण स्थान छ । पश्चिमी दर्शनमा सामाजिक, आर्थिक लगायतका सबै कुराहरुको व्याख्या गरेर दर्शनलाई व्यापक बनाउने श्रेय अरस्तुलाई जान्छ ।

अरस्तुका प्रसिद्ध भनाइहरु

खुशी बाहिरबाट पाइने चिज होइन। त्यो हामी आफूमा नै निर्भर रहन्छ।

आफूलाई बुझ्नु भनेको सम्पूर्ण ज्ञान प्राप्तिको पहिलो चरण हो ।

लडाई जित्नु ठूलो कुरा होइन, शान्ती स्थापना गर्न सक्नु महत्वपूर्ण कुरा हो ।

तिमीले जति थाहा पाउँदै जान्छौ, त्यति नै तिमीलाई थाहा हुँदै जान्छ कि तिमीलाई थाहा छैन ।

मनमा नपुगेर दिमागमा मात्र रहेको शिक्षा भनेको शिक्षा नै होइन ।

तिमीले पाउने अवसरले होइन, तिमीले लिन निर्णयले तिम्रो गन्तव्य तय गर्छ ।

अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ ।

तिम्रो दैनिक बानीले तिम्रो परिचय बनाउँछ ।

अँध्यारोको समयमा आफूलाई प्रकाश आएतिर केन्द्रित गर ।

दिमागको शक्तिले नै जीवनको सार बताउँछ ।

तिमीले साहस बिना संसारको कुनै पनि काम गर्न सक्दैनौ।

धैर्यता निकै नै कठीन हुन्छ, तर त्यसको फल त्यो भन्दा कैयौं गुणा मिठो हुन्छ ।

जुन व्यक्तिले आफू भित्रको डरलाई जितेको छ, त्यो व्यक्ति स्वतन्त्र व्यक्ति हो ।

पीडा बिना तिमीले केही पनि सिक्दैनौ ।

आफूलाई जित्नु भनेको अरुलाई जित्नुभन्दा कठीन काम हो ।

साथी बन्न सजिलो हुन्छ । तर मित्रता निभाउनु भनेको फल पाक्नु जत्तिकै कठीन हुन्छ ।

युवावस्थामा निर्माण गरिएका राम्रा बानीहरुले जीवनमा ठूलो फरक पार्छन्।

जसलाई कुनै चिज थाहा हुन्छ, उनीहरुले त्यो गर्छन् र जसले कुनै चिजलाई बुझ्छन्, उनीहरुले त्यो अरुलाई सिकाउँछन्।

आशा भनेको हिंडीरहने सपना हो।

शिक्षाका जारहरु तिता हुन्छन्, तर फल मीठा हुन्छन्।

रिसाउन जोकोही सक्छ । तर, उचित समयमा,उचित व्यक्तिसंग, उचित कुराको लागि, उचित मात्रामा, उचित तरिकाले रिसाउने क्षमता जोकोहीमा हुँदैन।

ठूलो सफलताको लागि थोरै पागलपन चाहिन्छ नै।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text