जति जति तिमी मलाई हराउन खोज
उति उति उमङ्ग मेरो झाङ्गिदै जानेछ ।
सोंच यस्तो छ मेरो कि,
तिमीले तोड्न खोज्दा
झनै बलियो बन्दै जानेछ ।
कुनै समय यस्तो आयो
जसले मलाई टुक्रा टुक्रामा
विभक्त पारेर गयो,
तर फेरी एउटा यस्तो बिहानी आयो
जसले असिमित उत्साह र साहस भरेर गयो
सुगन्ध नयाँ छरेर गयो ।
समाजको संस्कार रुपी कुसंस्कारले
भेंडा बाख्रा झैँ हलमा ठेल्न खोज्यो मलाई,
विकास र समृद्धिको नाममा समेत
बलि चढाउन खोज्यो मलाई ।
तर प्रतिज्ञा यस्तो जागेर आयो
उमङ्ग यस्तो भरिएर आयो
जसले
आत्मविश्वास के हो भनि सिकायो मलाई
आत्मनिर्णय के हो भनि बुझायो मलाई
र,
म को हूँ भनि चिनायो मलाई ।
(आत्मविश्वासले भरिएकी केटी )
- आकांक्षा झा
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :