र्युबन गोन्जालेज प्रख्यात खेलाडी हुन् । र्याकेटबलको च्याम्पियनशिपको एउटा फाइनल खेलमा, बराबर अंक भैरहेको बेला, उनले उत्कृष्ट सट हाने । उनको यो सटलाई आधार मानेर उनको टीमलाई विजेता घोषणा गरियो ।

यो जीतले र्युबन भने खुशी देखिएनन् । एकछिनसम्म घोरिएपछि उनी प्रतिद्वन्दी टीमतिर लम्किए र हात मिलाउंदै भने, ” सट गलत थियो “। उनको यो भनाइले खेलाडी, रेफ्री देखि दर्शक सम्म सबै चकित भए । खेलको विजेता घोषित भैसकेको खेलाडीले ‘मेरो सट गलत थियो’ भनेर आफूलाई पराजित बनाउनु कसैले कल्पना गर्नेभन्दा बाहिरको कुरा थियो ।

र्युबनलाई खेल सकिएपछि प्रश्न गरियो , उनले किन त्यसो गरे ? उनको उत्तर थियो , ” मेरो निष्ठा जीवित राख्न, मैले गर्नसक्ने विकल्प यहीमात्रै थियो।” उक्त खेलमा र्युबनले हारे, तर पनि उनी विजेता बने ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text