इच्छाशक्ति छ भने कुनै पनि कुराले रोक्न सक्दैन र एकदिन आफ्नो सपना जरुर पूरा हुन्छ भन्ने कुरा ८३ वर्षीय एक व्यक्तिले प्रमाणित गरेका छन् । भारतको पन्जाबका सोहन सिंह गिलले आफूले पढ्न चाहेजति औपचारिक पढाइ पूरा गर्न सकेनन् । शिक्षण पेशामा लागेका उनी स्नातक पछि केन्या गए । त्यहाँ पनि शिक्षण पेशा अंगालेका उनी अंग्रेजीमा दक्ष थिए ।
सन् १९५७ मा ग्राजुएसन गरेका गिल भारत फ़र्किएपछि केही वर्ष अघि मात्र शिक्षण पेशाको विशेष कोर्सको लागि भर्ना भए । उमेरको बेवास्ता गरि पढ्न लागेका उनको इच्छाशक्ति देखेर त्यही कलेजका प्रिन्सिपलले उनलाई स्नातकोत्तर गर्न सुझाव दिए । जसअनुरुप कलेजको प्राध्यापक हुने सपना लिएर उनी स्नातकोत्तरमा अंग्रेजी विषयमा भर्ना भए । अंग्रेजी भाषामा अब्बल उनले स्नातकोत्तर पास गरेका छन् ।
गिलले आफ्नो सकारात्मक सोंच र जीवनशैलीका कारण यो सफलता हासिल गरेको बताएका छन् । उनका अनुसार, उनी अब पनि शिक्षण पेशामा सक्रिय हुन चाहन्छन् ।
Source : hindustantimes