जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ व्यक्तिले होइन, हरेक बाहना, अवरोध र परिस्थतिले हार मान्छन् । यस्तै एउटा उदाहरण हो खेमलाल श्रेष्ठको सफलता ।
हेटौडाका खेमलाल श्रेष्ठले औपचारिक शिक्षा १० कक्षासम्म मात्र पूरा गर्न पाए । तर, आफ्नो कल्पनाशक्ति, इच्छाशक्ति र अनुभवको प्रयोगले एक आविष्कारकको रुपमा परिचय बनाउंदैछन् । श्रेष्ठले बिजुली सम्बन्धि काम गर्थे । बढ्दो शहरीकरणले भइरहेको पानीको अभाव र अर्कोतिर
मान्छेहरुको व्यस्तता तथा लापरबाहीले छतका ट्यांकीहरु पानीले भरिएर बाहिर बगिरहेको देख्दा उनलाई नमज्जा लाग्थ्यो । त्यही अभाव र समस्याको समाधानको खोजी र बिजुलीको क्षेत्रमा उनले बटुलेको ज्ञान तथा अनुभवले एउटा नयाँ आविष्कार जन्मियो ।
श्रेष्ठले पानीको सप्लाई व्यवस्थापन तथा कन्ट्रोल गर्न सक्ने उपकरणको आविष्कार गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले आफ्नो पेटेन्ट दर्ता गरेका छन्, जसमा उनको आविष्कारको नाम Automatic Water Supply Managemnet System with Device for Water Level Indication Sensor and Water Supply Management and Controlling भनेर उल्लेख गरिएको छ । श्रेष्ठका अनुसार, उक्त उपकरणले पानीको बहाव र तहलाई कन्ट्रोल गरी अटोमेटिक रुपमा पानी सप्लाई व्यवथापन गर्छ ।
खोला, रिजर्भ ट्यांकी र घरमा प्रयोग भइरहेको ट्यांकीको कल्पना गरि त्यसै अनुसार नमुनाको रुपमा लिएर उनले यो उपकरणको परिक्षण गरेका थिए, जुन सफल भएको छ । उक्त अटोमेटिक वाटर सप्लाई म्यानेजमेन्टमा ट्यांकी खालि भएको, भरि भएको कुरा सेन्सरबाट थाहा हुन्छ र मोटर आफै चल्न थाल्छ । रिजर्भ ट्यांकी खाली भएको अवस्थामा मेसिनले खोलाबाट पानी तान्न थाल्छ । यस्तो छ नमुना :