मार्टिन लुथरको जन्म सन् १४८३ मा भएको थियो । उनी प्रोफेसर, लेखक तथा धार्मिक गुरुका रुपमा प्रसिद्ध छन् । सन् १५४६ मा उनको निधन भएको थियो ।

संसारमा जति पनि काम भएका छन्, ती सबै आशा र विश्वासका परिणाम हुन् ।

उनीहरु मलाई एउटा निश्चित तारा बनाउन चाहन्छन् । तर म अनियमित ग्रह बन्न चाहन्छु ।

यदि मलाई भोलि नै संसार नासिंदैछ भनिन्छ भने पनि म आज स्याउको बोट रोप्न छोड्दिन ।

प्रार्थना यसरि गर कि मानौं, सबै जिम्मेवारी भगवानको हो । तर प्रार्थना सकेपछि काम यसरि गर कि मानौं, सबै जिम्मेवारी तिम्रो हो ।

तिम्रो मनले जुन कुरालाई विश्वास गर्छ, त्यो नै तिम्रो लागि भगवान हो ।

सुन्दर वैवाहिक सम्बन्ध भन्दा राम्रो सम्बन्ध र मित्रता अरु कुनै पनि हुँदैन ।

जिउनु भनेको यो विश्वास हो कि, तिमी हजारौं पटकको अप्ठ्यारो अवस्थामा पनि बलियो बनेर उभिन सक्छौ ।

तिमी सधै तिमीले जुन कुरा भन्यौ त्यो कुराको लागि मात्र जिम्मेवार हुँदैनौ । तिमी तिमीले जुन कुरा बोलेनौ त्यसको लागि पनि जिम्मेवार हुन्छौ ।

यदि स्वर्गमा हाँस्ने अनुमति छैन भने, जतिसुकै सुविधा भएतापनि म त्यहाँ जान चाहन्न ।

मेरो पात्रोमा सधै दुई वटा दिन मात्र हुन्छन् । आजको दिन र त्यो दिन ।

जब शिक्षा फैलिन्छ, तब हरेक कुरामा समृद्धि छाउँछ ।

यदि संसार बदल्न चाहन्छौ भने आफ्नो कलम उठाऊ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text