रोबिन शर्मा क्यानडाका नागरिक हुन् । उनी विशेष गरि लेखक, प्रेरक वक्ता तथा ट्रेनिंग कम्पनीका मालिकको रुपमा चिनिन्छन् । रोबिन शर्माका पुस्तक सबैभन्दा धेरै बिक्रि हुने पुस्तकहरुमा पर्दछन् ।

रोबिन शर्माका प्रेरक भनाइहरु

तिम्रा दैनिक बानीले तिम्रो सोंच र व्यवहार बताइरहेको हुन्छ ।

समस्या तब मात्र समस्या हो, जब तिमीले त्यसलाई समस्याको रुपमा हेर्छौ ।

सबैले तिमीलाई मन पराउन् भन्ने चाहन्छौ भने तिमी सफल हुन सक्दैनौ ।

तिमी जन्मिँदा नै विशेष व्यक्तिको रुपमा जन्मिएको छौ । अब औसत मान्छे बनेर मर्न नखोज ।

बाहना बनाउने मान्छे पिडित देखिएर घस्रिदै जीवन गुजार्छ । परिस्थितिलाई चिनेर अगाडी बढ्ने मान्छे नेतृत्व गर्दै विजेता बनेर जिउँछ ।

चाहना र सम्भावनालाई जब बाहिर व्यक्त गरिदैन तब ती पीडा बनेर दबिन्छन् ।

काम गर्दै जाँदा चुनौती महसुस गरिरहेको छैनौ भने तिमीले कुनै ठूलो काम गरिरहेको छैनौ ।

आफूलाई डर लाग्ने काम गर्दै जाँदा डर आफै हराउंदै जान्छ ।

जब तिमी सुरक्षित घेराबाट बाहिर निस्कन्छौ, तब मात्र तिम्रो जीवनमा जादु देखिन थाल्नेछ ।

तिमीले बोल्ने ‘म सक्छु’ भन्ने वाक्य, तिमीसंग भएको ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।

आफ्नो आम्दानि बढाउन चाहन्छौ भने आफूमाथि लगानी गर ।

हरेक दिन सानो-सानो कुरामा सुधार गर्दै अगाडी बढ्छौ भने पनि तिमीले जीवनमा ठूलो परिवर्तन पाउनेछौ ।

तिमी आफू खुशी नहुन्जेल अरुलाई खुशी दिन सक्दैनौ ।

अरुमाथि दोष थुपार्नु भनेको तिमीले आफैलाई पछि पार्नु हो ।

समय व्यवस्थापन गर्न सक्छौ भने तिमीले जिन्दगी व्यवस्थापन गर्न सक्छौ

तिमीले बनाउने बाहना अरु केही होइनन् , तिमीलाई तिम्रो डरले दिलाएका झुट मात्र हुन् ।

तिमीले के प्राप्त गर्दैछु भन्ने कुराले होइन, तिमी कस्तो व्यक्ति बन्दैछौ भन्ने कुराले बढी महत्व राख्छ ।

कसैलाई केही दिन चाहन्छौ भने अरुबाट तिमीले आफ्नो लागि के चाहन्छौ, त्यही देऊ ।

पीडादायी विगतले या त तिमीलाई नष्ट गर्छ या त तिमीलाई पखेटा दिन्छ । त्यसमा रोजाई तिम्रो हुन्छ ।

नेतृत्व कुनै पद होइन, व्यवहार हो ।

अत्तालिने बानीले तिम्रो दिमागको शक्ति कम गरिदिन्छ र विस्तारै तिम्रो आत्मालाई असर गर्न थाल्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text