चित्रमा दुई जना मानिसहरु उभिइरहेका छन् । उनीहरु एकै फ्ल्याकमा उभिएका छन् । दुईजना एक-एक छेउमा छन् र उक्त सानो फ्ल्याक सानो पर्खालको बीचको भागमा मात्र अडिएको छ ।

तस्बिर : सामाजिक संजालबाट

प्रष्ट देख्न सकिन्छ कि फ्ल्याक दुई जना व्यक्तिको सन्तुलनले गर्दा अडिएको छ । र, एक छेउको व्यक्तिले अर्को छेउको व्यक्तिलाई लडाउन खोज्दैछ । तर यो कुरा उसलाई हेक्का छैन कि त्यो व्यक्ति लड्यो भने सन्तुलन बिग्रनेछ र ऊ आफै पनि लड्नेछ । अर्थात त्यो व्यक्तिलाई लडाउनु भनेको ऊ आफैले आफूलाई लडाउनु हो ।

हामी आफ्नो बारेमा मात्र सोंच्दा सोंच्दै यति साँघुरो सोंचका भएका छौं कि, अरुलाई हानी पुर्याएर आफ्नो आत्मसन्तुष्टि खोज्छौं । त्यस्तै आत्मसन्तुष्टिको खोजीमा अरुलाई हानी पुर्याउंदा आफ्नै खुट्टामा बन्चरो हानिरहेको समेत पत्तो पाउँदैनौं । अरुलाई नोक्सानी पुर्याएर पाएको खुशी दिर्घकालिन हुँदैन ।

आत्मनिर्भर रहेर पनि हामी एक-अर्कासंग परनिर्भर छौं । एकअर्काको सम्बन्धसंगको सन्तुलनले नै हामीले एक अर्काको जीवनलाई सुन्दर बनाउन सक्छौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text