विलियम ब्लेक विश्वप्रसिद्ध कवि तथा चित्रकार हुन् । उनी अंग्रेजी साहित्यमा “द ल्याम्ब ” र “द टाइगर” कविताका लागि प्रख्यात छन् । विलियम ब्लेकले आफ्नो सिर्जना मार्फत लैङ्गिक समानता, वर्गीय समानताका विचार संगै रंगभेद विरुद्धको आफ्नो आवाज प्रस्तुत गर्थे । उनको जन्म सन् १७५७ नोभेम्बर २८ मा भएको थियो ।
विलियम ब्लेकका जीवनोपयोगी भनाइहरु
हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौं । हामी ती समस्या र विरोधाभासको बीचमा पनि बाँचेर ती कुराहरुभन्दा माथी उठ्नको लागि जन्मिएका हौँ ।
ज्ञानको सबैभन्दा राम्रो स्रोत परिक्षण हो । जति धेरै परिक्षण गर्छौ, अनुभव लिन्छौ, त्यति नै धेरै ज्ञान बढ्छ ।
कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्धिमान हो ।
दिमागमा भएको कुरा बोल्छौ भने सतहमा रहने मान्छेले सधै तिमीलाई नकार्छ ।
बिहान सोंच, दिउँसो काम गर, बेलुका खाना खाऊ र राती निन्द्रा पुग्ने गरि सुत ।
उही रुखलाई मूर्ख र बुद्धिमान व्यक्तिले फरक-फरक देख्छन् ।
जुन व्यक्तिले आफ्ना विचार र भावनालाई व्यक्त गर्दैन, त्यो व्यक्ति थुनिएको पानी जस्तै हुन्छ ।
दु:खको चरम बिन्दुमा मान्छे हाँस्छ र सुखको चरम बिन्दुमा मान्छे रुन्छ ।
आफ्नो जिन्दगीप्रतिको सम्पूर्ण दायित्व आफूले लिनु नै ज्ञान हो ।
तिमी जस्तो छौ, त्यस्तै देख्छौ ।
विलियम ब्लेकको प्रेरणादायी जीवन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।