भोलीको सफलता भनेको हाम्रो आजको मेहनत, प्रतिबद्धता र बानीहरुको नतिजा हो । यसको लागि हामी आफ्नो जिन्दगीप्रति जिम्मेवार हुनुपर्छ । आफ्ना जीवनका हरेक परिस्थितिको दायित्वबोध हुनुपर्छ । र, प्रतिबद्धता त्यसको पहिलो खुड्किलो हो ।

आफैसंग गर्नुहोस् यी १० प्रतिबद्धता

  • आफ्नो क्षमतालाई चिनेर सोही अनुसारको अवसरको सिर्जना गर्नतर्फ लाग्नेछु ।
  • समयलाई महत्व दिनेछु ।
  • पैसालाई भन्दा बढी आफ्नो सिकाई, अनुभव र व्यक्तित्व विकासलाई महत्व दिनेछु ।
  • अनुशासनमा रहनेछु । आफूले बोलेको र आफूले तय गरेका कुराप्रति जिम्मेवार रहनेछु ।
  • टेलिभिजन तथा मोबाइलमा समय यत्तिकै खेर फाल्ने छैन । हरेक दिन पुस्तक पढ्नको लागि समय निकाल्नेछु ।
  • समस्या आएमा पिडित बनेर बस्नेछैन । समस्याको सामाधानको उपाय खोज्नतर्फ लाग्नेछु ।
  • निर्णय लिंदा आफ्नो खुशीलाई पनि प्राथमिकतामा राख्नेछु । आफ्नो हेरचाह गर्नेछु ।
  • काममा लगनशीलता र धैर्यताका साथ लाग्नेछु । साथै परिवार, साथीभाइ तथा मनोरंजनको लागि केही समय छुट्टाउनेछु ।
  • सहयोगको आवश्यक परेका व्यक्तिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु र अन्य सामाजिक दायित्व निर्वाह गर्ने प्रयास गर्नेछु ।
  • हरेक महिना आफ्नो आम्दानीको थोरै प्रतिशत भएतापनि बचत गर्नेछु ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text