बिल गेट्स विश्वकै सफल तथा धनी व्यक्तिहरु मध्ये एक हुन्। माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् । विश्वको ध्यान आफूतिर तानिरहेका उनको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो ।

बिल गेट्सका प्रेरक भनाइहरु

मानिसहरु परिवर्तनसंग सधै डराउँछन् । बिजुलीको आविष्कार पहिलोपटक हुँदा पनि त मानिसहरु डराएका थिए, होइन र?

यदि गरीब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन। तर, यदि गरीब नै भएर मर्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।

धैर्यता सफलताको लागि चाबी हो ।

आफूलाई आफैले खोज र पत्ता लगाऊ ।

ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ।

सफलताको उत्सव मनाउनु ठीक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।


मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।


सबै मानिसको लागि आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसले सफलताको बाटोमा हिंड्न मद्दत गर्छ ।


आउँदा शताब्दिहरुमा, अरुलाई सशक्त बनाउने व्यक्तिहरु नै नेतृत्वदायी भूमिकामा हुनेछन् ।


सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि, त्यो पुरस्कार योग्य हुन्छ ।


हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको परिणाम हो ।


टेलिभिजन वास्तविक जीवन होइन । वास्तविक जीवनमा त, मानिसहरु कफी सपलाई छोडेर जागिरको लागि हिंड्नुपर्छ।


जीवन सजिलो छैन यसमा आफूलाई अभ्यस्त बनाऊ ।

तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागि सिकाइका मूख्य स्रोत हुन् ।


तिमीले बोल्ने ‘मैले जान्दिन’ वाक्यलाई ‘मैले अहिलेसम्म जान्दिन’ बनाऊ ।


आफूलाई यो संसारको कुनै पनि व्यक्तिसंग नदांज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफूलाई हेपीरहेको छौ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text