आफ्नो पढाइ तथा काममा ध्यान केन्द्रित गर्न नसक्नेहरुका लागि नयाँ अनुसन्धानले एक उपाय लिएर आएको छ । दुई अनुसन्धानकर्ता, Spanish telco Telefonica का मार्टिन पलट र Carnegie Mellon University का लुह रेलोले गरेको अनुसन्धानको नतिजाले उक्त उपाय सुझाएको हो । उक्त अनुसन्धान २४ घण्टाका लागि ३० जना व्यक्तिमा गरिएको बताइएको छ ।

अनुसन्धान क्रममा ३० जना व्यक्तिलाई उनीहरुको मोबाइलमा सबै सामाजिक संजाल तथा अन्य एप्सको नोटिफिकेसन अफ गर्न लगाइएको थियो । २४ घण्टासम्म त्यसरी नोटिफिकेसन अफ गर्दा उनीहरुले आफ्नो ध्यान काममा बढी केन्द्रित हुनुका साथै तनाव पनि कम भएको बताएका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार, उक्त २४ घण्टाको केही दिनपछि ती व्यक्तिहरुसंग भेट्दा उनीहरुले मोबाइलको नोटिफिकेसन आफूहरुले बन्द गरेर काममा लाग्न थालेको बताउंदै त्यसो गर्दा आफ्नो समय व्यवस्थित भएको, काममा उत्पादनशीलता बढेको, कामको भारको महसुस कम भएको र आफ्नो दैनिकी व्यवस्थित तथा सकारात्मक भएको बताएका छन् ।

Source : Reader’s Digest

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text