डेनस वेटली अमेरिकी लेखक, प्रेरक वक्ता तथा कन्सल्टेन्ट हुन् । उनले लेखेका “The Psychology of Winning “, “Seeds of Greatness” जस्ता पुस्तक संसारभर प्रसिद्ध छन् ।

डेनस वेटलीका प्रेरक भनाइहरु

जीवनमा असफलताको सामना गर्न नपरोस् भन्ने चाहन्छौ भने केही नगर, केही नबन ।

तिम्रो मुस्कान भनेको अरुले तिमीभित्र हेर्ने झ्याल हो । जहाँ उनीहरुले सकारात्मक ऊर्जा देख्छन् ।

हिजोको गल्तीबाट सिक, तर आज पनि हिजोकै सफलतालाई लिएर नहिंड ।

असफलता तिम्रो गुरु हो, शत्रु होइन ।

जिन्दगीले तिमीलाई दिने होइन । तिमीले जिन्दगीलाई दिने हो ।

गल्तीहरु पीडादायी हुन्छन् । तर तिनै गल्तीहरुले जीवन जिउने अनुभव र कला दिन्छन् ।

हरुवाहरुले पटक पटक वाचा गर्छन् र त्यो वाचा तोड्छन् । विजेताहरुले प्रतिबद्धता गर्छन् र त्यसलाई पूरा गरेरै छोड्छन् ।

जीवनमा तिमीसंग दुई वटा विकल्प हुन्छ, अहिलेकै स्थितिमा रहने या परिवर्तनको लागि चुनौतीलाई स्वीकार गर्ने ।

सफलता तर्फ उन्मुख हुनु भनेको आलोचनाको लागि तयार हुनु हो ।

तिम्रो सोंच तिम्रो सफलताको ताल्चा पनि बन्न सक्छ र चाबी पनि ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text