मुसाहरु र साना मान्छेहरुलाई पात्रको रुपमा उतारेर प्रस्तुत गरिएको पुस्तक हो , Who Moved My Cheese । विश्वमै सर्वाधिक बिक्रि हुने किताबहरुमा यो किताब पनि एक हो ।

हु मुभ्ड माइ चिज पुस्तकमा कथालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । र, त्यो कथाको घटनाक्रमहरुबाट काम तथा जीवनमा कसरि परिवर्तन ल्याउन सकिन्छ भन्ने संदेश दिइएको छ । रमाइलो तरिकाले विषयवस्तु प्रस्तुत गरिएकाले यो किताब एकै बसाइमा समेत पढ्न सकिन्छ ।

यस किताबले जीवनलाई सकारात्मक दिशातर्फ लैजान उत्प्रेरित गर्छ । सफल व्यक्तिहरु समेत यो किताबलाई पढ्नै पर्ने एक किताब मध्येमा लिन्छन् ।

अंग्रेजी भाषाको किताब भएतापनि सरल भाषामा लेखिएका कारण यो किताब पढ्न र बुझ्नको लागि सहज छ । हु मुभ्ड माइ चिज पुस्तकका लेखक स्पेन्सर जनसन हुन् । यो किताब पहिलो पटक सन् १९९८ सेप्टेम्बर ७ मा प्रकाशित भएको थियो ।

Photo Source : tripsandbooks

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text