कीयानु रिभ्स प्रसिद्ध हलिवुड अभिनेता, निर्माता तथा निर्देशक हुन् । क्यानाडाका नागरिक रिभ्सको जन्म १९६४ सेप्टेम्बर २ मा भएको थियो । कमेडी, एक्सन, साइन्स फिक्सन, हरर आदि विधाका उनका धेरै चलचित्र ब्लकबस्टर मानिन्छन् ।

कीयानु रिभ्सका प्रेरक भनाइहरु

अप्ठ्यारा परिस्थितिहरुप्रति कृतज्ञ बन । तिनै परिस्थितिहरुले गर्दा नै आज तिमी बलियो बनेको छौ ।

कहिलेकाहीं साधारण कुरा प्राप्त गर्न झन् कठिन हुन्छ ।

तिमीले जति अनुभव बटुल्दै जान्छौ, त्यति आफूलाई चिन्दै जान्छौ ।

सबैभन्दा खुशीको कुरा यो हो कि, तिम्रो भविष्य तिम्रो आफ्नै हातमा छ ।

दु:खको कहिल्यै अन्त्य हुँदैन । त्यसले आकार बदल्छ ।

कहिलेकाहीं गलत पनि गर । यसले तिम्रो अहमलाई ठाउँमा राख्छ ।

म स्कुल जीवनमा दिशा विहिन थिएँ । म हरेक जसो कुरामा फेल हुन्थें ।

भोलि आउँछ कि आउंदैन, कुनै ग्यारेन्टी छैन । आजमै रमाऊ ।

यदि तिमीले चाहे जस्तो भइरहेको छैन भने हेरेर नबस । उठ र आफ्नो जीवनलाई परिवर्तन गर ।

थोरै मात्र पनि ध्यान केन्द्रित गर्ने बानीले तिमीलाई धेरै टाढा पुर्याउन सक्छ ।

गल्ती र शत्रु ठूला गुरु हुन् । तिनैका कारण तिमीले पुनर्जन्म पाउँछौ ।

मायामा पर्नु र सम्बन्ध गाँस्नु, यी दुई फरक कुरा हुन् ।

अरुले हेर्दा म मौन देखिन्थे । तर म मेरो काम मार्फत चिच्याइरहेको थिएँ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text