जग्गी वासुदेव सधगुरुको नामले प्रसिद्ध छन् । भारतीय आध्यात्मिक गुरु तथा लेखक सधगुरुको जन्म ३ सेप्टेम्बर १९५७ मा भएको थियो । उनले स्थापना गरेको इशा फाउन्डेसनले योगा, वातवरण, शिक्षा तथा विभिन्न सामाजिक कार्यहरुमा काम गर्दै आएको छ ।
सफल जीवनका लागि सधगुरुका ७ सुझाव
जीवनमा केही कुरालाई मार्छु भन्ने सोंच । मार्ने कुनै प्राणीलाई होइन । तिमी भित्रको कुनै कुरालाई मार , जसको तिम्रो जिन्दगीमा आवश्यकता नै छैन । जस्तो सोंच कि, ” म मेरो रिसलाई मार्छु”।
एकै ठाउँमा जरा गाडेर नबस । केही न केही परिवर्तन ल्याइराख । कम्तिमा महिनाको एक पटक निर्णय गर कि ” म यो कुरा अब परिवर्तन गर्छु ” । यसमा तिम्रो काम हुनसक्छ, प्रार्थना गर्ने बानी हुनसक्छ, पानी बचत गर्ने प्रण हुनसक्छ, कुनै पनि सकारात्मक कुरा जसले तिम्रो जीवनमा परिवर्तन ल्याओस् ।
मान्छे अजम्बरी हुँदैन भन्ने कुरालाई दिमागमा राख । समयले तिमीलाई पर्खिदैन । तिमीले अझ धेरै गर्न बाँकी छ भनेर मृत्युले कुरेर बस्दैन । त्यसैले आजमै रमाऊ । जे गर्नु छ, आज नै सुरु गरिहाल । हरेक पललाई विशेष बनाऊ ।
रिस, घृणा, ईर्ष्यालाई पर राख । रिस, घृणा, ईर्ष्यालाई पर राख्नु भनेको तिमीले अरुमाथि उपकार गर्नु या अरुको भलो गर्नु होइन । यसो गर्नु भनेको तिमीले आफ्नो भलो गर्नु । जब रिस, घृणा र ईर्ष्यालाई पर राखेर बाँच्छौ तब शान्ति र खुशी भेट्छौ ।
तिमी पहिले त्यो बच्चा जस्तै खुशी र निस्फिक्री थियौ । तर जब बढ्दै गयौ र भौतिक कुराहरुप्रति आकर्षित हुँदै गयौ, तिम्रो सन्तुष्टि , खुशी, स्वतन्त्रता घट्दै गयो । तिमीसंग के छ होइन, तिमी भित्र के छ भन्ने कुरालाई महत्व देऊ । तबमात्र तिमीले खुशी भेट्न सक्छौ ।
तिम्रो मानवीय व्यवहार नै तिम्रो ज्ञानको मापक हो। प्रकृति, तिम्रो वरिपरिका व्यक्ति, तिम्रो भोजन सबै प्रति कृतज्ञ बन । आवश्यक परेका व्यक्तिको सहयोगका लागि हात अगाडी बढाउ ।
आफूले खराब देखेको कुरालाई पूर्ण अलग नराख । कुनै पनि कुरा राम्रो मात्र र नराम्रो नै भन्ने हुँदैन । त्यसलाई तिमीले राम्रो देख्छौ या नराम्रो देख्छौ भन्ने तिम्रो दृष्टिकोण हो । तिमीले जस्तो देख्छौ, त्यसको प्रतिबिम्ब तिमीभित्र बस्छ । यसको अर्थ, तिमीले जे देख्छौ त्यसको सिर्जना तिमी आफूले गरेको हुन्छौ । हरेक कुरा तिम्रो सोंचमा भर पर्छ ।
Source : isha.sadhguru.org