बेन्जमिन डिजरेली बेलायतका प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी दुई पटक बेलायतको प्रधानमन्त्री भएका थिए । बेन्जमिनको २१ डिसेम्बर १८०४ मा जन्म भएको थियो भने १९ अप्रिल १८८१ मा उनको निधन भएको थियो ।
बेन्जमिन डिजरेलीका प्रसिद्ध भनाइहरु
सफलताको रहस्य हो – अवसर आउँदासम्ममा आफू त्यो अवसरको लागि लायक बन्नु । त्यसको लागि अहिले नै देखि नै तयारि गर ।
आफूले चाहेको कुरा प्राप्त गर्न चाहन्छौ भने तिम्रो वरिपरिका व्यक्तिहरुभन्दा बलियो बन ।
मेरा सबै सफलताहरु मेरा असफलताहरुमाथि निर्माण भएका हुन् ।
स्पष्टिकरण दिएर बस्नु भनेको सबैभन्दा खराब तरिकाले समयको नाश गर्नु हो ।
एक पाइला अगाडी बढाउन र एउटा नयाँ शब्द उच्चारण गर्न मान्छे सधै डराउँछ ।
आफ्नो भावना बाहिर व्यक्त गर्नुलाई कहिल्यै पनि आफ्नो कमजोरीको रुपमा नलेऊ ।
बेवास्ता गर्नु भनेको समस्याको समाधान निकाल्नु होइन ।
मूर्खहरु सोंचेर मात्र बसिरहन्छन् । बुद्धिमानहरु प्रश्न गर्छन् ।
धेरै दु:खको सामना गर्नु , धेरै अवलोकन गर्नु र धेरै पढ्नु सिकाइका तीन आधारस्तम्भ हुन् ।
कामले सधै खुशी दिंदैन । तर काम बिना खुशी मिल्दैन ।
जहाँ ज्ञानको अन्त्य हुन्छ, त्यहाँ धार्मिक लडाई सुरु हुन्छ ।
आफ्ना कमजोरीहरु थाहा पाउनु भनेको ज्ञानको एक चरण पार गर्नु हो ।