२०१० देखि २०१९ सम्मका विश्वका सबैभन्दा प्रेरणादायी व्यक्तिको सुची सार्वजनिक भएको छ । उक्त सुची गोलकास्ट डटकमले सार्वजनिक गरेको हो ।
दशककै प्रेरणादायी व्यक्तिको उक्त सुचीमा नेपालकी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी छिन् । जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी पुष्पाले कैयौं बालबालिकालाई नयाँ जीवन दिएको गोलकास्टले उल्लेख गरेको छ । यसका साथै भूकम्पले भवन भत्काएतापनि त्यसलाई फेरी निर्माण गरेर हिम्मतका साथ अगाडी बढेको भन्दै गोलकास्टले उनको प्रशंसा गरेको छ । प्रारम्भिक बाल विकास केन्द्र (ECDC) र पुतली घर नामक संस्थाकी संस्थापक तथा अध्यक्ष पुष्पा बस्नेतले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन् ।
पुष्पा बस्नेत पछि गोलकास्टको उक्त सुचीको दोस्रो नम्बरमा वातावरण सम्बन्धि अभियान चलाइरहेकी किशोरी ग्रेटा थनवर्ग, तेस्रो नम्बरमा डेर्ल डेभस, चौथो नम्बरमा रुपल रहेका छन् । सुचीमा २० जनालाई समेटिएको छ । जसको बीसौं नम्बरमा पाकिस्तानकी मलाला रहेकी छिन् भने ११ औं नम्बरमा स्टिभ जब्स छन् ।